हाम्रो पालिका

बन्दखुले सँगै धादिङको जनजिवन सामान्य बन्दै

By धादिङ न्यूज

January 13, 2015

धादिङ– एकीकृत नेकपा माओवादी सहित ३० दलिय मोर्चाले गरेको ताम्सालीङ बन्द खुलेसँगै धादिङबेसीको जनजिवन सामान्य बन्दै गएको छ । माघ ८ मा संघीयता सहित संविधान जारी गर्नुपर्ने माग राख्दै मोर्चाले गरेको बन्द खुलेसँगै धादिङबेसी बजार सहित मलेखु, आदमटार, गजुरी, गल्छि, महादेवेसी र नौविसे बजारमो जनजिवन सामान्य बन्दै गएको छ । विहानदेखी बन्दकर्ताहरु राजमार्गमा बसेपनी दिउँसोबाट  बन्दकर्ताहरुको संख्या पातलीदैँ गएको थियो । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै   पृथ्वीराजमार्ग क्षेत्रको सुरक्षा व्यावस्था कडा पारीएको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । दिउँसैबाट पृथ्वीराजमार्गमा निर्वाध रुपमा सवारी सधान चलेपनी कालुपाण्डे मार्गमा भने अपराह्नबाट सवारी चलेका थिए । बन्दकर्ताहरुले धादिङबेसी बीच बजार चोकमा कोणसभा गरी बन्द सफल भएको घोषणा गरेका थिए ।