मुख्य समाचार

थानकोटदेखि नौबिसेसम्म सुरुङ बन्ने

By Dhading News

January 15, 2015

 काठमाडौं । काठमाडौंको थानकोटदेखि धादिङको सिस्नेखोलासम्म सुरुङमार्ग बन्ने भएको छ । सडक विभागले चार वर्षभित्र सक्ने गरी सुरुङमार्ग निर्माण प्रक्रिया थालेको छ ।

नेपाल आयल निगमको थानकोटस्थित डिपोबाट सिस्नेखोलासम्म ४.५१ किमी सडक निर्माण हुनेछ । २.४५ किमी सुरुङमार्ग र २.०६ किमी सडक बाहिर रहने विभागले जनाएको नयाँ पत्रिकामा खबर छ ।

सडक निर्माणका लागि प्रक्रिया सुरु भइसकेको र बढीमा चार वर्षमा सकने लक्ष्य लिइएको विभागका उपमहानिर्देशक उमेश झाले जानकारी दिए । उनले भने, ‘सुरुङमार्गका लागि कन्सल्टेन्ट छान्ने काम हुँदैछ । त्यसपछि टेन्डर प्रक्रिया सकेर बढीमा तीन, नभए पनि चार वर्षमा निर्माण कार्य सकिनेछ ।’