हाम्रो पालिका

इलाका गोष्ठी सम्बन्धी जिल्ला विकास समितिकाे कायार्लयकाे  अत्यन्त जरुरी सूचना

By धादिङ न्यूज

January 15, 2015

आर्थिक वर्ष २०७२७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायका मिति र स्थानहरुमा विहान ११ बजे देखि हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम सहभागी हुन सम्बन्धित ईलाका भित्रका गाउँ विकास समितिहरु, राजनैतिक दलका जिल्ला, ईलाका एवं गाउँ स्तरीय प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, सहकारी संस्थाहरु, महिला, आदिवासी÷जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिहरु, पत्रकारहरु लगायत आम विकास साझेदारहरुलाई पत्राचार गरी सकिएको छ । कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी इलाका गोष्ठीमा उपस्थित भई जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा सहभागि हुन अनुरोध गरिन्छ ।इलाका गोष्ठी हुने मिति, स्थान र सहभागि हुने गाविसहरु२०७१ माघ ४गते ईलाका नं. ८ केउरेनी, कल्लेरीटार ईलाका नं. ९ बुङचुङ बजार, नलाङ,ईलाका नंं १० गाविस भवन नौविसे, ईलाका नं. ११ गाविस भवन तसर्पु,ईलाका नं. १२ गाविस भवन, पिडा, ईलाका नं. १३ गाविस भवन बेनिघाट२०७१ माघ ५ गते ईलाका नं. ६ हुलाकभन्ज्याङ र ईलाका नं. ७ जिविस सभाहल२०७१ माघ ८ गतेईलाका नं. २ गाविस भवन दार्खागाविस भवन बुढाथुम२०७१ माघ ९ गते ईलाका नं. ४ गाविस भवन सल्यान्टार ईलाका नं. ५ कटुन्जे बजार२०७१ माघ १० गतेईलाका नं. १ गाविस भवन, गुम्दी