राष्ट्रिय समाचार

फेरि घट्यो तेलको मूल्य

By धादिङ न्यूज

January 19, 2015

काठमाडौं, -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले आठौं पटक मूल्य घटाएको छ । निगमका प्रवक्ता मुकुन्द प्र. घिमिरेका अनुसार पेट्रोल डिजेल र मट्टितेलमा २ रुपैयाँ घटेको हो । मूल्य समायोजन भएपछि पेट्रोलमा १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलमा ८८ रुपैयाँ ८८ पैसा रहने छ ।