मनोरन्जन

एनसेलले ल्यायो भ्यालेनटाइन अफर

By धादिङ न्यूज

January 31, 2015

देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्यालेनटाइन दिवसको अवसरमा नयाँ योजना ल्याएको छ, जसमा सहभागी भई एनसेलका प्रि–पेडग्राहकहरुले अब हरेक दिन प्रेम सम्बन्धित उद्धरण तथा कुनै एक विशेष नम्बरमा कल गर्दा एसएमएस वोनस पाउने छन् ।

आफ्नो भ्यालेन्टाइनसँग धेरै प्रेम अभिव्यक्त गर्नुहोस् भन्ने यो योजना यही माघ १८ बाट शुरु भई फागुन १६ गतेसम्म लागु हुनेछ । यसमा एनसेलका सम्पूर्ण प्रि–पेड ग्राहकले १७११४ डायल गरी निःशुल्क सहभागी भई कुनै पनि एक एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गर्न सक्छन् । पेयर गरे पश्चात उक्त नम्बरमा प्रत्येक पटक कल गर्दा ग्राहकले २ वटा एसएमएस बोनस स्वरूप पाउने छन् । साथै योजना अवधिभर हरेक दिन प्रेम सम्बन्धित उद्धरण (Love Quotes) पनि निःशुल्क प्राप्त गर्नेछन् ।

यसरी पेयर गरेको नम्बरमा कल गर्दा प्रत्येक दिन प्राप्त हुने वोनसलाई ग्राहकले सोहि नम्बरमा त्यसै दिनको मध्यरात (रातको १२ बजे) सम्म निःशुल्क एसएमएस पठाउन प्रयोग गर्न सक्छन् ।

प्रेम र मित्रता दिवसको रुपमा मनाइने भ्यालेन्टाइन दिवस (फेब्रुवरी १४) लाई मध्यनजर गरी ल्याएको यस योजनाले ग्राहकलाई भ्यालेनटाइन महिना अझै रोचक बनाउन मद्दत गर्ने विश्वास एनसेलका कर्पोरेट संवाद् विज्ञ मिलन शर्माले व्यक्त गरे ।