राष्ट्रिय समाचार

दैनिक साढे पाँच दर्जन महिला वैदेशिक रोजगारीमा

By धादिङ न्यूज

January 31, 2015

६ महिनामै २ लाख ७१ हजार कामदार बिदेसिए

काठमाडौं- विगतका वर्षहरूको तुलनामा अहिले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने महिला कामदारको संख्या बढेको छ । निकै संघर्ष गर्दा पनि स्वदेशमा भनेजस्तो काम नपाएकाले महिलाहरूको वैदेशिक रोजगारीमा आकर्षण बढेको हो । विगतका वर्षहरूको तुलनामा मात्र नभएर अहिले दैनिक रूपमा वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागले जनाएको छ राजधानी दैनिकले खबर लेखेको छ ।

विभागका अनुसार अहिले दैनिक साढे पाँच दर्जनभन्दा बढी महिला वैदेशिक रोजगारीका लागि मलेसिया र खाडीलगायत विभिन्न मुलुकतर्फ जाने गरेका छन् । विभागले चालू आवको बितेका ६ महिना पुस मसान्तसम्ममा करिब १२ हजार नेपाली महिला कामदार खाडी, मलेसियालगायत विभिन्न मुलुकतर्फ बिदेसिएका छन् ।

सोही तथ्यांकका आधारमा विभागले सालाखाला करिब दिनमा साढे पाँच दर्जन महिला कामदार बिदेसिने गरेको पाइएको हो ।

विभागका अनुसार चालू आवको पहिलो महिना साउनमा १५ सय २५, भदौमा २६ सय २६ र असोजमा २१ सय ३५ जना महिला मलेसिया र खाडीलगायत विभिन्न मुलुक गएका छन् । यसैगरी, कात्तिकमा १९ सय २४, मंसिरमा १९ सय ७२, पुसमा १७ सय ८३ महिला कामदार वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ गएका छन्, जसमध्ये महिला र पुरुष गरी पुस मसान्तसम्ममा कुल २ लाख ७१ हजार ३ सय ३९ जना नेपाली कामदार श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीका लागि बिदेसिएको विभागले जनाएको छ ।

यो तथ्यांकका आधारमा पनि औसतमा करिब दैनिक १५ सय ७४ जना कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेका छन् । चालू आवको बितेका ६ महिनामध्ये सबैभन्दा बढी गत मंसिर महिनामा सबैभन्दा धेरै कामदार विमानस्थलबाट बाहिरिएका छन् ।

गत मंसिर महनिामा मात्रै कुल ५३ हजार ३ सय ५४ जना कामदार बिदेसिएको विभागले जनाएको छ । यसैगरी, असोज महिनामा सबैभन्दा कम जम्मा ३५ हजार ५ सय ५० जना कामदार मात्र वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ

गएका छन् ।

त्यसैगरी,  साउनमा  ४२  हजार  ३  सय  ९  जना,  भदौमा  ५१  हजार  ५  सय  ५१  जना,  कात्तिक  महिनामा  ४३  हजार  सय  १३  जना  र  पुसमा  ४५  हजार  ३  सय  ६२  जना  नेपाली  कामदार  वैदेशिक  रोजगारीका  लागि  विभिन्न  मुलुकतर्फ गएका  छन्,  जसमध्ये  महिलाको  तुलनामा  बिदेसिने  पुरुÈ हरूको  संख्या  अत्यधिक  बढी  छ 

वैैदेशिक  रोजगार  विभागका  अनुसार  साउनमा  ४०  हजार  ६  सय  ८४,  भदौमा  ४८  हजार  ९  सय  ५,  असोजमा  ३३ हजार  ४  सय  १५,  कात्तिकमा  ४१  हजार  २  सय  ८९,  मंसिरमा  ५१  हजार  ३  सय  ८२  र  पुस  महिनामा  ४३  हजार  सय  ७९  जना  पुरुÈ  कामदार  विभिन्न  मुलुकतर्फ  बाहिरिएका  छन्  ।