कभर फोटो

प्रेस चौतारी स्थापना दिवसको अवसर पारेर विरामीलाई फलफूल

By धादिङ न्यूज

February 05, 2015

धादिङ,२२ माघ –  प्रेस चौतारी नेपालको सत्रौं स्थापना दिवसको अवसर पारेर धादिङमा अस्पतालमा उपचार गराईरहेका विरामीहरुलाई फलफूल बितरण गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको आयोजनामा विहीवार विहान धादिङ जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएका आठ जना विरामीलाई फलफूल र दुध बितरण गरिएको हो । त्यसै गरी अस्पतालको सुत्केरी कक्षका लागि सोही अवसरमा प्रेस चौतारी धादिङले दुई थान कम्वल वितरण गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर रसिला अमात्यलाई चौतारी धादिङका सचिव सरिता श्रेष्ठले कम्वल हस्तान्त्रण गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवम वागमती अंचल इन्चार्ज केशव अधिकारी, चौतारी धादिङ शाखाका पुर्व अध्यक्ष सीताराम अधिकारी,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, पुर्व अध्यक्ष सीताराम वर्माका साथै जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।