घटना /दुर्घटना/ अपराध

राँगो चोरी गर्ने गिरोह पक्राउ

By धादिङ न्यूज

February 06, 2015

 

धादिङ,२३ माघ ः गाउंबाट रांगा चोरेर सदरमुकाममा ल्याई बिक्री गर्ने कार्यमा संलग्न गिरोह धादिङमा पक्राउ परेको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसी बस्ने युवराज अधिकारीको घरबाट माघ २२ गते राती रांगा चोरेर भागेको गिरोहलाई प्रहरीले शुक्रवार सदरमुकामबाट पक्राउ गरेको हो । अधिकारीको गोठमा बाँधेको राँगो हराएपछि खोजीमा लागेका स्थानीयवासी र प्रहरी टोलीले खोजतलास गदै जाँदा सदरमुकाम धादिङबेसीको फिल्महल चोक नजिकै बांधि रहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । राँगो फेला पारेपछि चोरी गर्ने कार्यमा संलग्न गिरोह पनि पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ परेकाहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष १८ को दिनेश बि.क., सोही ठाउंँका वर्ष १९ का धर्मराज अर्याल, वर्ष २० का बिष्णु नेपाली रहेका छन । यसै गरी सोही कार्यमा संलग्न वर्ष १७ का किरण परियार भने फरार रहेकाले उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनु भयो ।