प्रवास समाचार

मलेसियामा पासपोर्ट चेक गर्न एसएमएस सेवा

By धादिङ न्यूज

February 17, 2015

मलेसिया,   मलेसियास्थित नेपाली दूतावासमा पासपोर्ट नवीकरण गर्न जाने नेपालीले अब आफ्नो पासपोर्ट आए, नआएको जानकारी एसएमएसबाट प्रप्त गर्न सक्ने भएका छन्  । मलेसियास्थित नेपाली दुताबासले जारी गरेको सूचना अनुसार दूतावासले एक मलेसियन कम्पनीसँगको सहकार्यमा यस्तो सेवा ल्याएको हो ।

पासपर्ट चेक गर्न मोबाइलको म्यासेज बक्समा गइ एनपीपी टाइप गरि एक स्पेस छाडेर आफ्नो पुरानो पापपोर्ट नम्बर टाइप गरेर ३६६६० मा एसएमएस पठाएर जानकारी लिन सकिनेछ ।