मुख्य समाचार

धादिङमा पनि मनाईयो प्रजातन्त्र दिवस

By धादिङ न्यूज

February 19, 2015

धादिङ– ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिहिबार र देशभर विविध कार्यक्रम गरी मनाइएको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। दिवसको अवसरमा बिहिबार प्रभातफेरी सम्पन्न भएको छ । धादिङबेसी पुछारबजारबाट सुरु भएको ¥याली बजारपरिक्रमा पछि कोणसभामा परिणत भएको थियो । सभामा जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरुले मन्त्यव्य राख्नुभएको थियो । सहमतिबाट संविधान जारी गरेर देशमा शान्ति स्थापना गनुेपर्ने दलका नेताहरुको सुझाव थियो । प्रजातन्त्र दिवस जिल्ला मुल समारोह समिति धादिङको अगुवाइमा भएको प्रभातफेरी सम्पन्न भएको हो २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासन अन्त्य भएको सम्झनामा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी दिएका छन् । कार्यक्रममा सहभागीहरुले सहमतिका साथ संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । निमित्त स्थानिय विकास अधिकारी एवं प्रमुख जिल्ला ईञ्जीनीयर भरत प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राजनीतिक दलका प्रमुख एंव प्रतिनीधि, सरोकारवाला निकायका प्रमुख एवं जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।