कला /साहित्य /संस्कृति

आजको पञ्चाङ्ग

By धादिङ न्यूज

February 20, 2015

२०७१ साल फाल्गुन ८ गते शुक्रबार

मिति २०७१ साल फाल्गुन ८ गते शुक्रबार, तदनुसार फरवरी २० सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको द्वितीय तिथि ४७ घटि १४ पला अर्थात रातिमा १ बजेर ३३ मिनेटसम्म त्यस उप्रान्त तृतीय तिथि लाग्नेछ । आज सूर्य कुम्भ राशिमा, चन्द्रमा कुम्भ राशिमा ४० घटि १४ पला अर्थात रातिमा १० बजेर ४५ मिनेटसम्म त्यसउप्रान्त मीन राशिमा प्रवेश गर्नेछ । आज दिनमान २८ घटि १४ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ४० मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।