सञ्चार/ प्रविधि

फेसबुक चलाउनेलाई दुःखको खवर !

By धादिङ न्यूज

February 21, 2015

तर यो कुरा तपाइँले फेसबुक कसरी चलाउनु हुन्छ त्यसमा निर्भर रहने छ । खासमा अरुको पोष्टमा कति प्रतिक्रिया दिनु हुन्छ भन्ने कुरा अझै महत्वपूर्ण हुन सक्छ ।अमेरिकाको मिसौरी युनिभर्सिटीका शोधकर्ताहरुले गरेको एक अध्यनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । जर्नल अफ कम्प्युटर्स इन ह्युमन विहेवियरमा यो अध्यन प्रकाशित भएको छ । फेसबुक चलाउँदा यसबाट तपाइँको मनमा पैदा हुने भावनाले निरासा वा उदासी पैदा गर्न ठूलो भूमिका खेल्न सक्ने अध्यन कर्ताहरुको भनाइ छ ।मिसौरी युनिभर्सिटीको कोलम्बिया स्कुल अफ जर्नालिज्ममा सामरिक सञ्चारका प्रमुख प्रोफेसर मार्गरेट डफीको नेतृत्वमा भएको यो अध्यनमा फेसबुकका पोष्टहरुमा आएका प्रतिक्रिया पढ्ने र प्रतिक्रिया दिनेहरुमा उदासी बढ्ने गरेको तथ्य बाहिर आएको हो ।तर सम्बन्धका लागि फेसबुक चलाउनेहरुमा भने यस्तो समस्या नआउने शोधकर्ताको भनाइ छ ।