कभर फोटो

राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगितामा सत्यवती उमावि पहिलो

By धादिङ न्यूज

February 21, 2015

धादिङ– क्षेत्रीय छनौट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सत्यवती उच्च माध्यमिक विद्यालय आदमटार प्रथम भएको छ । फागुन सात गतेबाट धादिङबेसीको खुल्लामञ्चमा सन्चालन भएको प्रतियोगिता अवधिभर सबैभन्दा बढी ३ सय ७ अंक ल्याएर प्रथम भएको हो । यसैगरी चिल्ड्रेनपार्क आवासिय उमावि १ सय १७ अंकको साथ दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी नीलकण्ठ उमावि १ सय १० अंकको साथ तेस्रो र धादिङ आवासिय उमावि ५३ अंक सहित सान्त्वना भएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित तीन दिन सम्म सन्चालन भएको प्रतियोगितामा धादिङ निर्वाचन क्षेत्र नम्बर २ अन्तरगतका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई कप र प्रमाणपत्र द्वारा पुरस्कृत गरिएको जिल्ला खेलकुद विकास समितिका कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक खेलमा चौथो स्थानसम्म हासिल गर्ने विद्यार्थीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाउन पाउने छन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी चैत्र २७ देखी २९ गते सम्म धादिङबेसीमा सन्चालन हुँदै छ ।