प्रदेश

विश्वकप क्रिकेटमा भारतको दोस्रो जित, दक्षिण अफ्रिका एकसय ३० रनले पराजित

By धादिङ न्यूज

February 22, 2015

विश्वकप क्रिकेट अन्तरगत आईतबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई एकसय ३० रनले पराजित गरेको छ । जारी विश्वकपमा यो भारतको दोस्रो खेल हो । भारतको जितमा शेखर धवनले एकसय ३७ रनको योगदान गर्नुभयो भने अजिक्या रहाणले ७९ र बिराट कोहलीले ४६ रन बनाउनुभएको थियो । पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर एकसय सात रन बनाएको थियो, जवाफी व्याटिङमा उत्रेको दक्षिण ४० ओभर २ दुई बलमै अलआउट भएर मात्र एकसय ७७ रन बनाउन सक्यो । अफ्रिकाका लागि फाफ डु प्लेसिसले ५५ रन बनाए पनि टिमलाई जित दिलाउन सक्नु भएन । बलिङ तर्फ भारतका रबिचन्द्रन आश्विनले तीन, मोहम्मद सामी र मोही शर्माले दुई दुई विकेट लिनुभयो ।