कृषि/पशुपालन /सहकारी

अमेरिकाबाट नेपाल आयो दूध दिने बाख्रा !

By धादिङ न्यूज

February 28, 2015

काठमाडौं, गाईभैंसी दूधको लागि र भेंडाबाख्रा मासुको लागि पालिन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ, अब दूध खाने बाख्रा पनि गाउँठाउँमा देख्न पाइने भएको छ । गोठमा दूध दिने बाख्रा भएपछि कुँडेमा पनि बाख्राकै दूध हुने भयो नै । अनि बजारमा गाई र भैंसीको जस्तै बाख्राको दूधको पनि किनबेच हुनेछ ।