मनोरन्जन

हिन्दु शास्त्र अनुसार कुन अंग फरफराउँदा कस्तो फल ?

By धादिङ न्यूज

March 01, 2015

मानिसको शरिर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरिरको विभिन्न अंग फरफराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिने कार्य गर्छ ।

समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फरफराउँदा भविष्यमा कस्ता घटना घट्न सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । शरिरको अंगहरू फरफराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाका बारे संकेत गर्ने गर्छ । वर्तमान समयमा यी कुराहरू विश्वास गर्न निकै कठिन हुने भएपनि यसलाई पुरै वेवास्ता भने गर्न सकिन्न । थाहा पाऔ शरिरको विभिन्न भागमा हुने फरफराइले के संकेत गर्छ ?– समुन्द्र शास्त्रका अनुसार जुन व्यक्तिको चिउडो फडफडाउँछ, उक्त व्यक्तिलाई स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।– टाउकोको अलग-अलग भाग फरफराउँदा त्यसले पनि फरक-फरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फरफराउँदा तपाईले राखेको इच्छाहरू पुरा हुन सक्छ ।– दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँदा तपाईले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फरफराए शारीरिक कष्ट हुने गर्छ ।– दुवै गाला फरफराउँदा भने धन प्राप्त हुन्छ ।– यदी तपाईको ओठ फरफराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।– दाहिने काँध फरफराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ ।– यदी हात फरफराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।– ढाड फरफराए केही विपदको सम्भावना रहन्छ ।– छाती फरफराउँदा साथिसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फरफराए झगडा हुने सम्भावना रहन्छ ।– दाहिने खुट्टा फरफराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।