मणी सुबेदी
चेतना भया आज को श्रीगणेश कहाँ बाट गरौ पक्कै पनि आज म कुनै नेतागण लाई गाली गर्ने पक्षमा छैन। आज मलाई भन्नै मन लागेको बिषय अघोषित नेता भनौ वा बिचारको ओकालत गर्ने कथित विद्वान कहलिने महासय जो कुनै पार्टी बिशेष को दुत नै भएर लेखेका हुन्छन त्यो पनि यति सम्म कि कुनै पार्टी बिशेष लाई दुध ले नै धोएर देवत्त्व साबित गर्दैछन। यी मनुवा हरु लाई यति दम्भ छ कि आफुले जानेका केहि नेपाली साहित्यका असिला शब्द प्रयोग गर्दैमा ठुलै सम्झन्छन। यति सम्म हेक्का छैन कि देश को यस्तो जर्जर अवस्थामा कुनै पार्टी बिशेस को गुनगान ले देश को बन्दै गरेको संबिधान र बिबादित बिषयमा नकारात्मक असर पुग्छ। के भनौ खै यसरि कनिकुथी सिर्जीत शब्द को आड मा मन्चन गरिएको अर्थहीन कथा को कुनै तुक छैन भनेर। यिनीहरुलाई यति सम्म को पनि सुझबुझ छैन कि यो समय तटस्थ भएर देश र जनता लाइ जे सत्य हो तेही कुरा को जानकारी दिने,सुसुचित गर्ने हो। हुनत खाइ पल्केका भुस्तिग्रे हरु केहि लेख्दिये बापत बक्सिस मिल्छ होला र त एकोहोरो दोहोलो काट्न पछि पर्दैनन्। तपाई जस्ता कलम बाट आगो वकल्ने हरु ले त यस्तो पक्षपात गर्नु हुन्छ अनि नेता भनौदा हरु बाट के अपेक्षा गर्नु। यसरि देश को हित लाइ नजर अन्दाज गर्दै स्वार्थ को पछि भाग्ने माड़साब हरु अब बिउझनुस अनि फेर्नुस ति एउटा पार्टी बिशेष लाइ मात्र दोषी देख्ने चस्मा हरु अनि लगाउनुस राष्ट्र को हित हुने र सबै जनता को साझा कुरा बोल्न लेख्न र देख्न सक्ने चस्मा जो वर्तमान मा साँची बसी भबिष्य लै उज्यालो तर्फ दौडाओस। कृपया यति गर्नु भो भने पनि देश र जनता को लागि ठुलै बलिदान साबित हुनेछ। यसै संग म जोड्न चाहन्छु तराई आन्दोलन अनि लिम्बुवान,खुम्बुवान,मगरात आदि इत्यादि जनजाती अथवा भनौ बिबिध धर्म मा आस्था राख्ने युवा मित्र हरु,हो तराई मा उत्पीडन छ जातजाति हरु मा गरिबी,अशिक्षा,रोग,भोक अनि विभेद भएको कुरा मा कुनै दुइ मत नै छैन तर विभेद छ भन्दै मा आफ्नै जन्म दिने आमा लाइ टुक्राएर खुशी हुन खोज्ने हामी कस्तो भबिष्य अनि अग्रगामी बाटो खोजिरहेका छौ। रोचक कुरा त यो छ कि,तपाई सम्पूर्ण तराई बासी को प्रतिनिधित्व गर्ने राजनीतिक दल भनौ वा व्यक्ति बिशेष जो हिजो एक वा दुई दल मा सिमित थिए र एउटै नारा ओकेलिरहेका थिए तर जब पहिलो संबिधान सभा मा सोचे भन्दा बढी सिट जितेसंगै सत्ता र कुर्ची को लागि आफु आफु लडेर अहिले कति खेमा मा बाडिएका छन् त्यो त तपाई सम्पूर्ण तराई बासी हरु लाई सर्बविधितै छ। अनि यस्ता तिलन्धारे नेता को कुरा मा आएर उठ भने उठ्ने बस भने बस्ने हामी युवा कुन भ्रम मा छौ। यी नेता तिनै पापी हुन् जो बम्बई को कोठी मा बेचिएकी चेली को निर्मम अस्तित्व लुट्छन हरेक दिन रात यी तिनै पात्र हुन् जो अनुहार र लुगा मा फरक छन् तर उद्देश्य एउटै बोकेर आउछन। यहि खेल दोहोरि रहेछ तराई मात्र हैन सम्पूर्ण नेपाली माथि।यहा म यति पक्कै भन्न खोज्दै छु कि हामी युवा अब जोस मा मात्र हैन होस मा पनि काम गर्नु पर्यो र आवाज उठाउनु पर्यो जुन आवाज ले हाम्रा हक अधिकार सुनिश्चित गरोस अब बन्ने संबिधान मा। देश मा जातीय क्षत्रीय राज्य बन्दै मा तपाइ जनजाती मधेस अनि पिडित वर्ग को समस्या समाधान हुदैन। बरु कुनै पनि देश मा उच्चत्तम आर्थिक बिकास बिना यस्ता समस्या को समाधान खोज्न गारो छ तेसैले तपाई हरु भन्नुस तपाई क नेता गण हरु लाइ त्यो जातीय क्षेत्रीय राज्य टुक्र्याउने पैसा ले त्यही कुनै कल कारखाना, उद्योग, बिद्यालय, अस्पताल, बाटो, बिजुली का काम सुरु गर्नुस। जँहा सम्म मलाई लाग्छ यदि ति विकास का कार्यक्रम हरु तपाई को ठाउँ मा सुरु भए भने त्यस्को प्रत्क्षय फाइदा तपाई हरु ले नै लिने हो। उदाहरण का लागि त्यहा उपलब्ध हुने रोजगारी तपाई को नभएर कुनै बाहिर बाट आउने नागरिक को हुनै सक्दैन। प्रिय युवा मित्र हरु, बुझ्नै पर्ने कुरा भत्काउन जति सजिलो छ जोड्न त्यसको दस गुना गाह्रो छ,त्यसैले यसरि सबै जातजाति धर्म संस्कृति मिलेर बसेको अनि अनेकतामा एकता को पहिचान बोकेको देश किन जातीय धार्मिक दंगामा पारी टुक्र्याउने। हो हामी गोर्खाली को पहिचान ले परिचित छौ यो भन्दै मा सधै पुर्खा ले दिएको नाम बोकेर कति बैतंणी तर्ने। अबस्य पनि पुर्खा को यो काम को सम्मान गर्नु पर्छ तर अब यति कुरामा सन्तोष गरेर बस्ने हैन कि नेपाल पनि नया बिज्ञान र प्रबिधि को विकास अनि सृजनात्मक काम मा सक्षम छ भनेर विश्व लाई देखाउनु छ। लक्ष्मीप्रसाद देवकोटा ले आफ्नो निबन्ध मा भनेका छन् हिरा सानो हुन्छ,मोति सानो हुन्छ,मुटु सानो हुन्छ,आँखा को नानी सानो हुन्छ र त प्यारो हुन्छ त्यसैले नेपाल सानो छ र त प्यारो छ। यहा नेर म मेरो सानो बाल्य काल को प्रसङ्ग राख्न चाहन्छु। जब म आठ दस बर्ष को थिए तब देखि नै मैले कृषि का काम गर्नु पर्थ्यो। त्यसमध्ये भैसी को दुध दुहुन मलाई साह्रै रहर जाग्थ्यो। यहि क्रम मा मैले त्यो काम आज आज भोलि भोलि गर्दै सिके र एक दिन यस्तो आयो कि त्यो भैसी ले मबाहेक अरु कसै लाइ पनि दुध दिन छाड्यो।यसै बीच मेरो बालहठ भनौ या काचोपना ले म मा अहम को भुत सवार भो अनि म दुध दुहुने काम मा घुर्की लगाउन थाले यति सम्म कि मेरो आमा दाजु घर मा जो जो हुनुहुन्थ्यो उहा सबै ले मेरो गोडा मोले को आसय मा भन्नु हुन्थ्यो बाबु जान भैसी दुहिदे उता भैसी पनि दुहुने समय धेरै बितिसकेर डाँको छोडी कराउथ्यो। जब एक दुई घण्टा को घुर्की पछि बल्ल मा गोठ तिर सवारी गर्थे। त्यो पनि भोलि देखि अरु कुनै काम नगर्ने सर्त मा। यहानेर मलाई के थाहा थिएन कि यदि मैले भैसी नदुहुने हो भने भरे मैले नै दुध खान बाट बन्चित हुनुपर्थ्यो अनि बचेको दुई चार मुठी को बिक्रि बाट आउने रकम को ढोका बन्द हुन्थ्यो। यस बाट मा यो स्पष्ट पार्न चाहन्छु कि कुनै पनि आन्दोलन होस् वा अन्य कुनै अडान लिनु भन्दा पहिले त्यस संग जोडिएका आफ्नो जिम्बेवारी अनि कर्तब्य को पनि राम्रो ख्याल राख्नु पर्दो रहेछ। कतै हामी युवा हाम्रै कारण बाट हाम्रा सबै अधिकार र अवसर पाउन बाट बन्चित भै राखेका न हौ। आज को दिन मा हाम्रा नेता हरु सबै (औला मा गन्न सक्ने बाहेक ) एउटा लाछी ढाडे बिरालो हुन्। यस माने मा कि जब कुनै घर मा एउटा ढाडे मुसा मार्नु को साटो मालिक को गोडामा म्याउ म्याउ गर्दै लुटपुटि दै जसरि फोस्रो माया अनि आत्मियता देखाउछ फगत दुध र भात को लागि।जब दुध र भात पाउछ अनि मजाले पारिलो घाम मा लमतन्न परेर सुत्छ फेरी बेलुका यहि प्रकृया दोहोर्रयौछ अझ भनौ बाचुन्जेल। हो हाम्रा नेता ठ्याक्कै यहि हुन् जो गुलिया भाषण ले बारम्बार जनता को भोट लिन्छन अनि त्यहि लाक्षी ढाडे बन्छन। म फेरी पनि दोहोर्याउन चाहन्छु हामी नेपाली आफ्नो स्वार्थ बाट माथि उठेर देश को हित मा सोचौ यदि अलिकति पनि नेपाली हुनु मा गर्व छ भने अनि सुझबुझ क साथ भन्ने पर्छ यी नेता गण हरु लाई अब उतार तिमीहरुका भुत जसले धेरै नेपाली को बलि खाइसकेका छन्। अन्तमा,अब बुढो बाघ ले सिकार गर्ला र खाउला भनेर नबसौ। के भर उसको भर मा पर्दा कयौं दिन भोकै रहनु पर्ला। त्यसैले देश को बारे मा सोचौ र हामी युवा ले आज उठाएको कदम ले भोलि लज्जित बन्न नपरोस। जय राष्ट्र
-हाल डेनमार्क