कभर फोटो

तेक्वान्दोमा धादिङका युवाहरु अग्रस्थानमा

By धादिङ न्यूज

March 02, 2015

धादिङ– धादिङका युवाहरु तेक्वान्दो खेल तर्फ आकर्षित हुनुका साथै राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई एक पछि अर्को उपाधि हात पार्न सफल हुन थालेका छन । हालै काठमाण्डौमा सम्पन्न भएको चौथो स्युचाटार तेक्वान्दो प्रतियोगितामा धादिङका खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गर्र्दै तीनवटा समुहमा पहिलो,दोश्रो र तेश्रो स्थान हासिल गर्दै पदक जित्न सफल भएका छन ।

फागुन ८ र ९ गते सम्पन्न भएको प्रतियोगितामा धादिङबाट ६ जना खेलाडीले भाग लिएकोमा ५४ केजी समुहमा धादिङका राजेश गुप्ता प्रथम, ६३ केजी समुहमा प्रदिप गिरी दोश्रो र महिला ४६ केजी समुहमा सम्झना भण्डारी तेश्रो भएर पदक जित्न सफल भएका हुन । यसै गरी केही दिन अघि नुवाकोटमा सम्पन्न भएको प्रथम मदन भण्डारी राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा धादिङका चार जनाले पदक हात पार्न सफल भएका थिए । प्रतियोगितामा ६८ केजी समुहमा मोहन तामाङ प्रथम,५१ केजी समुहमा राजेश गुप्ता प्रथम, ४३ केजी समुहमा सम्झना भण्डारी द्धित्तिय, ६३ केजी समुहमा प्रदिप गिरी तृत्तिय र ५३ केजी समुहमा मारियान तामाङ तृत्तीय भएको धादिङका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।