मुख्य समाचार

होली पर्व धादिङमा मनाईदै, जबरजस्ती लोला हाने प्रहरीलाई फोन डायल गर्नुस

By धादिङ न्यूज

March 05, 2015

धादिङ– रङहरुको पर्व होली आज धादिङ सहित देशभर एक आपसमा अविर दलेर मनाईदैछ सबै नेपालीहरु एकआपसमा रङ्ग तथा अबीर लगाएर भोली फागु पुर्णिमा पर्व मनाउने पर्खाइमा रहेका छन् ।  तर पनि होलीको नाममा हुने विकृती रोक्नको लागी प्रशासनले सार्वजनिक मुद्वा चलाउने भनेपछी होलीको रौनकता अलि कम भएको छ । विहानैबाट धादिङबेसीमा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाउको छ । होलीमा जबरजस्ती लोला नहान्को लागि आग्रह गर्दै प्रहरीले यपसअघिनै माईकिङ गरेर सर्बसाधारणलाई जानकारी गराईसकेको छ । होलीको नाममा बढ्दै गईरहेको विकृती रोक्नको लागि जिल्ला प्रहरी कार्यलयले सक्रियता देखाएको छ । दैत्यराज हिरण्यकशिपुले विष्णुभक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रह्लादसहित पस्न लगाउँदा होलिका भस्म भएकी र भक्त प्रह्लाद भने आगोबाट सकुशल निस्केको प्रसङ्ग पुराणमा उल्लेख गरिएको छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर दलेर खुसीयाली मनाई होली खेल्ने परम्पराको थालनी भएको मानिन्छ । जबरजस्ती लोला हाने जिल्ला प्रहरी कार्यलयको फोन नम्बर ०१०–५२०१९९ मा फोन गरेर निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।