अनलाइन / पत्रपत्रिकाबाट

जापान जाँदै हुनुहुन्छ ? यो पढ्नुस्

By धादिङ न्यूज

March 05, 2015

ध्ययनको बहानामा कमाउन जापान पुगेका नेपाली विद्यार्थी कामदारले समयमा काम नपाउँदा हैरानी खेप्नुपरेको छ । नेपालका शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) हरुले जापानमा पर्याप्त रोजगारीको अवसर रहेको भ्रमपूर्ण विज्ञापन र गलत परामर्श दिएर विद्यार्थीलाई जापान पठाउन थालेपछि समस्या  उत्पन्न भएको उनीहरुले बताएका छन् । विद्यार्थी भिसामा जापान आएर काम गरिरहेका आफूहरुको अवस्था दयनीय रहेको उनीहरुको  दुखेसो छ । अध्ययनका लागि जापान सही गन्तव्य नभएको उनीहरु बताउँछन् । ‘पढ्न भनिए पनि सबैको उद्देश्य काम गरेर कमाउने हो तर स्कुलले हप्ताको २८ घन्टामात्र काम गर्न दिँदा त्यसबाट आएको पैसाले भाषा कक्षाको शुल्क बुझाउँनै ठिक्क हुन्छ’,इन्टरनेशनल ल्यांग्लेज अफ स्कुल ,फुनावासी जापानमा अध्ययनरत होमनाथ चालिसे भन्छन् । उनका अनुसार केही विद्यार्थी गैरकानुनी तरिकाले बढी समय काम गरिरहे पनि अधिकांश समस्यामा छन् । ‘नेपालबाट आउँदा केही समयका लागि होस्टल र स्कुलको पैसा लिएर आएका हुन्छौं तर पछि कसरी फि तिर्ने भन्ने समस्या नै हुन्छ,’ उनले भने,‘अझ भिषाको समस्या ठूलो छ ।’ कन्सल्टेन्सीहरुले जापान जानेवित्तिकै राम्रो काम पाइन्छ भनेर पठाएका हुन्छन् तर, त्यहाँको अवस्था उनीहरुले भनेजस्तो छैन,आजको नागरिक दैनिकमा खबर छ । –