खोजखबर

बालअधिकार बुझ्दै धादिङका अभिभावक, अधिकार माग्दै बालबालिका

By Dhading News

March 05, 2015

धादिङ– जिल्लाका विभिन्न विद्यालयहरुमा बालअधिकार सम्बन्धी विभिन्न कार्यक्रमहरु हुन थालेपछी अभिभावकहरु पनि बाअधिकारका कुराहरु बुझ्दै गएका छन् । बाल अधिकारका कुरा सुन्न पनी नरुचाउने अभिभावकहरु अहिले बालअधिकार कुराहरु खुलेर भन्न सक्ने भएका छन् । आफ्नो पालामा गरेका कामहरु सम्झिलै बालबालिकाहरुलाई आफ्नो अधिकारबाट कुण्ठित बनाउने अभिभावकहरुको सोचाईमा निकै परिवर्तन आएको छ । बालबालिकाहरुले घरपरीवारबाट पाउने माँया नपाउञ्जेल सम्म उनीहरुको व्यक्तित्व विकास नहुने थाहाँ पाएपछी अभिभावकहरु अहिले गम्भिर बन्न थालेका छन् । प्रयास नेपाल धादिङ र सिविक काठमाण्डौको संयुक्त आयोजनामा सञ्चालित आफ्नो घर आफ्नै परियोजना अन्तर्गत कार्यक्रम संचालन गरेपछी अभिभावकहरुमा बालअधिकार सम्बन्धी धेरै ज्ञान पाएका छन् । साथै बालबालिकाहरु पनि आफ्नो अधिकारका बारेमा सचेत भएका छन् । जिल्लाको विभिन्न विद्यालयहरुमा शिक्षक, अभिभावक र विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम गरेर बालअधिकारका कुराहरुप्रति सचेत गराईने गरेको प्रयास नेपालले जनाएको छ । कार्यक्रममा बालमैत्री घरपरिवार कसरी बनाऊन सकिन्छ, यसको महत्व, फाईदा, बालबालिकाको उचित संरक्षणमा अभिभावक तथा शिक्षकको भुमिका लगायतको विषयमा छलफल गरीने गरीएको छ । बालबालिकाको उचित हेरचाहका लागि अभिभावकहरुलाई सचेत गराऊने उद्येश्यले आफ्नो घर आफ्नै परियोजना कार्यक्रमले जिल्लाका विभिन्न गाविसमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।