कभर फोटो

मञ्जुको सम्झनामा गीत ल्याए कमलकिरणले

By धादिङ न्यूज

March 07, 2015

अत्यन्तै सुमधुर स्वरकी धनी स्व. लोकगायिका मञ्जु महतको सम्झनामा उनको पति एवं आधुनिक गायक कमल किरणले एल्वम “डढेलो” बजारमा ल्याएका छन् । एल्बम “डढेंलो” मा ५ वटा गीत संग्रहित गरेका छन् उनले । त्यसमधये दुईवटा गीत डढेलो स¥यो किन र “फक्रिएर फुल नफुल्दै” उनै मञ्जुप्रति समर्पित छ । कति मिठो प्रेम थियो, आज के भयो, नभेटिने गरी कोही छुटेर गयो”

यो अन्तरालेल उनको पीडा छर्लङ्ग हुन्छ, अनि गीतमा भने जस्तै अब यो धर्तीमा कहिल्यै नफर्किने गरी गएकी छिन् मञ्नु । यो गीतको म्युजिक भिडियो समेत आइसकेको छ । यसको छायांकन भक्तपुर कौशलटार र भरोसो अस्पताल पुरानो बानेश्वरमा गरिएको छ । जसको शब्द, संगीत मनोराजको रहेको छ भने दिवस उप्रेती र सुप्रिया कटुवालको रहेको छ । यो गीतमा मञ्जुको दुर्घटना र उपचारको वास्तविकता चित्रण गरिएको छ । यो गीतमा वास्तविकता भेटिने छ । यो एल्बम “डढेंलो स¥यो, नेपाल बन्द भो, फक्रिएर फुल नफुल्दै्र, बगिजान्छ जिन्दगी र यो मनले तिमी लाई भन्ने गीत समावेश छ । त्यसैगरी अर्काे गीतको अन्तरा थोरै हेरौं तः “फुल नफुल्दै कोपिलामा झर्नु पर्ने कस्तो जिन्दगी बाँच्ने रहर हुँदाहुँदै मर्नुपर्ने कस्तो जिन्दगी” यो गीतमा पनि वास्तविकता भेटिन्छ । समाजमा कतिपय अकालमा मृत्यु भइरहेको छ । दुर्घटना लगायत विविध कारणले ज्यान गुमाइरहेको यर्थाथता यो गतिमा समे्टिएको छ । जसमा शब्द, संगीत रमेशराज भट्टराईको रहेको छ । आधुनिक गायकको छवि बनाएका कमल २०६० सालदेखि अनवरत यो क्षेत्रमा छन् । २०६५ सालमा पहिलो एल्वम बजारमा ल्याएका उनको यो एल्बम समेत तीनवटा एल्वम बजारमा आएको छ । निकै संघर्षशील कमलले यो पटक आफ्नो जीवनमा परेको बज्रपातलाई गीत मार्फत उतारेका छन् । निकै सुमधुर श्वर छ उनको । उनी आफूमा भएको प्रतिभा गुम्साएर राख्दैनन् । उनको सहनशील क्षमताले उनी यो स्थानमा आइपुगेका छन् । निकै संघर्षशील गायक कमलकिरण भन्छन्– जीवनमा जतिसुकै ठूलो दुर्घटना आइपरेपनि सहनै पर्ने रहेछ, त्यसैले म कामन गर्छु मेरो जस्तो घटना अरुलाई नपरोस् । डढेलोमा पनि उनको यही कामना छ । कमल किरण भन्छन्– म भविष्यमा पनि संगीत क्षेत्रमा नै रहन्छु । संगीत मेरो नशानशामा बष्ेको छ । संगीते मलाई जीउन सिकाएको छ । त्यसैले म यो क्षेत्रबाट टाढा हुन सक्दिन । उनको सांगेतिक जीवन सफल होस् अनि एल्वम “डढेंलो”ले सफलता पाओस् हाम्रो शुभकामना ।

(धादिङ न्यूजका लागि नुवाकोटवाट प्रकाशित हुने सुन्दरादेवि सन्देशका प्रकाशक किरण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित )