मुख्य समाचार

एकै घरका ६ जनाको मृत्यु भएपछि गाउनै शोकाकुल, दुई जनाको अवस्था गम्भिर

By Dhading News

March 10, 2015

धादिङ– विषादी मिसाईको गहुँको रोटी खादा एकै घरको ६ जनाको मृत्यु भएपछी गाउँने शोकमा डुबेको छ । सोमबार विहान खाजाको लागी गहुँको रोटी पकाएर खाएका सन्जबहादुर स्याङतानको ६ जनाको परिवारको मृत्यु भएको हो । सोमबार विहान बिउको गहुँमा किरा लाग्छ भनेर विषदी सिमाएर राखेको गहुँ पिसेर रोटी खाएका ६ जनाको मृत्यु भएको थियो । दुई जनाको अवस्था गम्भिर रहेको शिवज्योती अस्पतालले जनाएको छ । विषाक्त रोटी खादा तीन जनाउको गाउँमै मृत्यु भएको थियो भने अन्य तीन जनाको उपचारको क्रममा काठमाण्डौ लादैँ गर्दा बाटैमा मृत्यु भएको थियो । विषादी मोलेर राखेको गहुँको रोटी खादा ६२ बिर्षीय सन्जा बहादुर स्याङतान, उहाँको २८ बर्षिय बुहारी फुल माया स्याङतान र ५ बर्षिय नाती रमेश स्याङतान, २ बर्षिय नातीनी अनिता स्याङतान, ५ बर्षिय नाती अजुर्न स्याङतान र ७ बर्षिय नातिले सविता स्याङचानको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी सन्ज बहादुरका माईला छोरा टेक बहादुर स्याङतान र छिमेकी चिनीमायाँँँँँँँँँँ स्याङतानको अवस्था गम्भिर रहेको छ । अहिले सम्म होस खुल्न सकेको छैन भने अन्य बिरामीहरुको अवस्था सामान्य बन्दै गएको छ । यसैगरी घट्टघनीको परिवारका ६ जना पनि गम्भिर घाईते भएका छन् । पैचो पिठो लगेर रोटी खाएका अन्य ६ जना छिमेकी पनि घाईते भएका छन् । गाउँका तीन घरपरीवारका अन्य २० जना घाईते भएका छन् । यतिखेर गाउँने शोकाकुल बनेको छ ।