मुख्य समाचार

भान्जाको व्रतबन्धमा पारस आउने

By Dhading News

March 12, 2015

पूर्वयुवराज पारस शाह नेपाल फर्कने भएका छन् । यसअघि दसैं, तिहार वा बाबुआमाको जन्मदिमा पनि नेपाल नआएका उनी भान्जा पार्थक सिंहको व्रतबन्धमा सहभागी हुन नेपाल आउन लागेका हुन् । भान्जा सिंहको व्रतबन्ध चैत १५ गते हुने भएको छ । लुङखाई कारागारमा रहँदा उनको मुद्दा फैसला हुने हो वा होइन भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा बहिनी प्रेरणाले व्रतबन्धको मिति तय गर्न सकेकी थिइनन् । तर, करिब दुई साताअघि नै अदालतले पूर्वयुवराज पारसको पक्षमा फैसला गर्ने लगभग जानकारी भइसकेपछि व्रतबन्धको मिति तय गरिएको नेपाल समाचारपत्रमा खबर छ ।

पारस जेलबाट छुटेर अदालतको प्रक्रिया अघि बढाएपछि परिवारमा खुसी छाएको छ । मामा पारस नभएदेखि यो वर्ष व्रतबन्ध नहुने अवस्था थियो । तर अदालतले मुद्दाको टुंगो लगाएका कारण पारस आउने पक्का भएको छ । हिन्दु परम्पराअनुसार व्रतबन्धमा भान्जाको कपाल, काट्नेदेखि वटुकले लगाउने सबै लुगा मामाले दिने चलन छ ।