मुख्य समाचार

पुकुनका बिषाक्त पिडितलाई शान्ति नेपालको ७१ हजार सहयोग

By Dhading News

March 13, 2015

धादिङ–बिषाक्त गहुंको रोटी खाएपछि गम्भिर अवस्थामा विरामी परेकाहरुको उपचार सहयोगका लागि गैरसरकारी संस्था शान्ति नेपालले आर्थिक सहयोग गरेको छ । दक्षिणी धादिङको पिडा गाविस वडा नम्बर ८ पुकुन गाउंका तामाङ परिवारले बिषाक्त गहुंको रोटी खाएका कारण ६ जनाले ज्इान गुमाएका छन भने १६ जना भन्दा बढी विरामी परेका थिए । विरामी मध्ये गम्भिर अवस्थामा रहेका १६ जनाको काठमाण्डौंको स्वयम्भु स्थित मनमोहन सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । उपचारमा रहेकाहरुको सहयोगका लागि शान्ति नेपालले संस्थागत रुपमा ३५ हजार र संस्थाका कर्मचारीबाट संकलित ३६ हजार २ सय समेत गरी कुल ७१ हजार २ सय रुपैया विहीवार अस्पतालका अध्यक्ष एवम धादिङ क्षेत्र नम्बर ३ का सभासद राजेन्द्र पाण्डेलाई हस्तान्तरण गरेको हो । विरामीहरुको उपचारका लागि तत्काल लाग्ने सबै खर्च व्यहोर्दै आईरहेको मनमोहन अस्पताललाई शान्ति नेपालले मानविय सहयोगमा उत्कृष्ठ कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेको छ ।