मुख्य समाचार

राजधानीको फोहोरले ओखरपौवामा सधैँ तनाव

By धादिङ न्यूज

March 13, 2015

 

नुवाकोट, राजधानीको फोहोरलाई व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित ल्याण्डफिल्ड साइडमा फोहोर फाल्ने क्रममा बेलाबेलामा आतंक नै निम्त्याउने गरेको छ । काठमाण्डौं महानगरपालिकाको सानातिना लापरवाहीले पनि ओखरपौवावासी र राजधानीबीच ठूलै द्धन्द्ध चर्किने गर्छ । यता फोहोर द्धन्द्धकै कारण नसोचेको ठूलै क्षती हुनेगर्छ र उता राजधानीमा रोकिने फोहोरले शहरको जनजीवनलाई प्रभाव पार्नेगरी दुर्गन्ध अनि कुरुप बनाइदिन्छ । सरकारले थोपरेको फोहारकै कारण वर्षौँदेखि अनेकौँ रोगको महामारीले ग्रसित ओखरपौवाका स्थानिय नागरिकहरुमा दिनहुँ भइरहने घटना, दुर्घटना त अब सामान्यजस्तै बनिसक्यो । तरपनि, बुधवार भएको एक दुर्घटनाले ओखरपौवावासीमा अर्को मार थपियो र स्थिति तनावग्रस्त बन्यो । काठमाडौबाट फोहोर बोकेर आएको मिनिट्रकको ठक्करबाट फोहोर फाल्ने स्थानमा आमासंग सडक छेउमा हिडिरहेका बालक ओखरपौवा–८ का चार वर्षीय रिजन बलामीको ज्यान गयो । रिजनको घटनास्थलमा नै मृत्यु एको थियो । घटना पछि बालकलाई ठक्कर दिने बा १ ख ९७२६ नम्बरको मिनीट्रकलाई स्थानीयले आगो लगाएर जलाइ दिएका छन् । मिनीट्रको ठक्कबाट घाइते भएका बालकको आमा कान्छी बलामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनाको बिरोध गर्दै स्थानीयले फोहोर बोकेर ओखरपौवामा पुगेका अन्य गाडीहरुलाई पनि तोडफोड गर्न थालेपछि गाडीहरु फोहोर नै नफालि काठमाडौ नै फर्किएका छन् । घटना पछि काठमाडौबाट फोहोर बोकेर ओखरपौवा पुगेको चार वटा र डम्पिङ क्षेत्रमा नै फोहोर ब्याबस्थापन गर्न राखिएको स्थानीयवासीले आगजनी तथा तोडफोड गरेका छन् । घटना पछि ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न अबरोध भएको छ । पीडितको परिवारलाई उचित क्षतिपुर्ति र दोषी चालकलाई कडा कारबाही नभएसम्म फोहोर फाल्न नदिने स्थानीयले राखेका छन् । यसअघि पनि फोहोर व्यवस्थापन पक्ष काठमाण्डौं महानगरपालिकाको हेलचक्¥याईँका कारण स्थानियहरुले थुप्रै समस्याहरु भmेल्दै आएको स्थानिय वुद्धिजीवी एवं युवा नेता राजु फुँयालले बताउनुभयो । ‘फोहोरको उचित व्यवस्थापन नहुनाले गाउँमा रोग फैलिएको छ । तर, यसको रोकथाममा सरकारले चासो दिएको छैन, फुयालले भन्नुभयो, ‘अझ पटकपटक धेरैको ज्यान लिने घटनाले हामी त्रसित बनेका छौँ ।’ उहाँका अनुसार अहिलेसम्म फोहोर बोक्ने गाडीकै कारण १५ जनाभन्दा बढीको ओखरपौवामा ज्यान गइसकेको छ । –  रातोपाटी बाट