कभर फोटो

फोहोर पानी जम्मा गर्न वनाइएको पोखरी

By धादिङ न्यूज

March 15, 2015

झट्ट हेर्दा माछा पालन या सिंचाईका लागि वनाईएको पोखरी जस्तो देखिएपनि यो पोखरी दुवै कार्यमा प्रयोग गर्न वनाईको होइन । त्रिशूली नदी किनारमा संचालित वालुवा धुने फिरफिरेबाट निस्किएको फोहोर पानी सिधै त्रिशूली नदीमा मिसिन नदिन वनाईएको पोखरी । फिरफिरेबाट निस्किएको फोहोर पानी यो पोखरीमा जम्मा गरेर राखेपनि व्यवसायीहरुले रातको समयमा नदीमा मिसाईदिने गरेको पाईएको छ ।पछिल्लो समयमा जिल्ला विकास समितिले फिरफिरे व्यवसायलाई व्यवस्थित गर्न करको दायरामा ल्याउने प्रयास शुरु गरेको छ ।