कभर फोटो

बिषादी पिडित सम्झना उपचारकै क्रममा सुरक्षित सुत्केरी

By Dhading News

March 16, 2015

धादिङ–विषाक्त रोटी सेवन गरि अस्पतालमा उपचार गराई रहेकी संझना तामाङ नियमित महिना नपुग्दै सुत्केरी भएकी छन् । गत फागुन २६ गते विषाक्त रोटी सेवन वाट विरामी परेकी ३ सन्तान र अन्य ३ परिवारजन गुमाएकी ८ महिने गर्भवती संझना लाई राजधानी स्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । संझनाले करिव २ हप्ता अगावै शिसु जन्म दिएको उक्त शिसु विषादी सेवनकै कारण समय अगावै जन्मिएको हुन सक्ने अस्पताल श्रोतले जनाएकोछ । शिसुको छाती र घांटीमा समस्या देखिएकोले पिआईसियु कक्षमा राखेर उपचार भैरहेको र अवस्था भने सामान्य रहेको अीपतालले जनाएकोछ ।

संझनाका पती टेक वहादुर सहित अव ९ जना पनि उपचारार्थ अस्पतालमै छन् । टेकवहादुरको स्वास्थ्य अवस्था सुधार हुन नसकेको जनाईएकोछ । विषाक्त रोटी सेवन वाट विरामी भएर भर्ना गरिएका १५ मध्य २ जना लाई गत शुक्रवार र ४ जना लाई आईतवार अस्पतालले डिस्चार्ज गरेको अस्पतालका प्रशासकिय अधिकृत नवराज रुपाखेतीले वताए । विषाक्त रोटी सेवनले मृतकका २ घरपरिवार लाई राहत स्वरुप आर्थिक श्रोत पनि जुटदै गएकोछ । विरामीको उपचारमा खर्च भएको सवै रकम नेपाल सरकारले व्यहोर्ने र थप राहत दिने मन्त्रीमण्डलको निर्णय भए पनि सहयोग र प्रकृति भने एकिन भैसकेको छैन । पिडित परिवार लाई उपचारका लागी काठमाण्डौं स्थित नेपाल फलफुल थोक व्यवसायी संघ वल्खु वाट १ लाख १८ हजार ३ सय धादिंङ–काठमाण्डौं सम्पर्क मन्चको तर्फ वाट ५५ हजार ५ सय रकम निर्वाचन क्षेत्र नं ३ का सभासद एवं मनमोहन असप्ताल व्यवस्थापन समितीका अध्यक्ष राजेन्द्र पाण्डे लाई हस्तातरण गरिएकोछ । विषाक्त पिडित लाई पिंडा गाविसले २४ हजार , छिमेकी गाविस कुम्पुर–५ निवासी यदुकुमार लामिछानेले १० हजार, पिंडा–५ निवासी नवीन भण्डारीले १० हजार र था“क्रे–२ स्थित सिर्जनसिल महिला समूहले ५ हजार आर्थिक रहयोग गरेका छन् ।