हाम्रो पालिका

दर रेट आब्हान गरिएको सूचना

By धादिङ न्यूज

March 16, 2015

भैरवी बचत तथ ऋण सहकारी संस्था लि. नीलकण्ठ–३, धादिङ

दर रेट आब्हान गरिएको सूचना

प्रथम पटक प्रकाशित मिति २०७१÷१२÷०३ भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नीलकण्ठ–३, धादिङ बेसीको भैरवी सदनको दोस्रो तल्ला भाडामा दिन संस्थाको नियमानुसार उल्लेखित शर्त बमोजिम रेट आब्हान गरिएको छ । उक्त सूचना प्रकाशित मितिले १५औं दिनको कार्यालय समय भित्र (विदाको दिन परे सो को भोलीपल्ट) गोप्य शिलबन्दी सहित रेट आब्हान गरिन्छ । सो सम्बन्धी फारम दस्तुर रु.२००।– (अक्षेरुपी : दुई सय रुपैया) बुझाई संस्थाको कार्यालयबाट कार्यालय समय भित्र प्राप्त गर्न सकिने छ । सर्तहरु  १. आफुले कवोल गरेको रकमको एक महिनाको भाडा रकमको १० प्रतिशतले हुने रकम रा. वा. बैंक धादिङ शाखाको बचत खाता नं. ख÷७७४१ मा जम्मा गरेको सक्कल भौचर पेश गर्नु पर्ने छ । २. आवास, रेष्टुरेन्ट, मदिराजन्य, अग्नीजन्य व्यवसायका लागि रेट राख्न पाइने छैन । ३. यस संस्थाका शेयर सदस्यलाई प्राथमिकता दिइने छ । ४. रेट स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।

………………………………… (रामलाल श्रेष्ठ) महासचिव