कभर फोटो

व्यवसायीक तरकारी खेतीबाट वार्षिक ४ लाख सम्म आम्दानी

By धादिङ न्यूज

March 20, 2015

बाबुराम श्रेष्ठ धादिङ चैत ६÷ धादिङका किसानहरु बमौसमी तरकाली बाली तर्फ आकर्षित भएका छन् । धादिङको थाक्रे गाविस  चार किलोका शिव प्रसाद रेग्मीले व्यवसायीक तरकारी खेती गरेर वार्षिक ४ लाख सम्म आम्दानी लिन सफल हुनु भएको छ ।

पैसा कमउन बिदेश नै जानु पर्छ भन्ने भावनालाई त्याग गरी स्वदेश मै केही गर्न सकिन्छ भन्ने भावनालाई कदर गर्दै नगदे तथा बेमौसमी तरकारी बालीबाट जिल्लाकै उत्कृष्ठ किसानको रुपमा परिचित हुन आफुले तरकारी बाली सुरु गरेको उहाँको भनाई रहेको छ । यसै गरी विदेशी भुमिमा आफ्नो पसिना बगाउनु भन्दा आफ्नै देशमा तरकारी खेती गरेर बस्न उचित ठान्दै बिगत ३० वर्ष देखि रेग्मीले व्यवसायीक रुपमा तरकारी खेती गर्दै आई रहनु भएको छ । व्यवसायिक तरकारी खेतीबाट रेग्मीले ८ जनाको परिवारलाई राम्रो संग पालन पोषण गर्दै आउँनु भएको छ । मौसम अनुसार आफ्नो खेत बारीमा नगदे, बमौसमी तथा व्यवसायीक तरकारी खेती गरेर वार्षिक रुपमा ४ लाख आम्दानी लिन सफल भएको हो । ४ रोपनी जग्गामा ५० हजार लगानी गरी सेन्डोबी जातको फर्सी लगाउँदा बजारमा फर्सीले उचित मुल्य नपाउँदा सोच जस्तो आम्दानी लिन नसकेको रेग्मीले बताउनु भयो । व्यवसायिक रुपमा रेग्मीले फर्सी, भेन्टा, काउली, काक्रो, बन्दाको मूल्य कम भएकोले लगानी समेत उठ्न कठिन परेको छ । गत बर्ष सेन्डोबी जातको फर्सीे ४० देखि ५० रुपैयाँमा बिक्री वितरण गरिएको भए पनि यस बर्ष ८ देखि १० रुपैयाँमा बिक्री वितरण गर्न बाध्य भएको उहाँको भनाई रहेको छ । तर ब्यापारीहरुले भने किसानहरु सँग ८ देखि १० रुपैंयामा लिएर व्यापारीहरुले बेच्दा भने रु २५ देखि ३० सम्म बेच्ने गरेकोले नाफा जति ब्यापारीहरुले खाई रहेको किसानहरुले गुनासो गरेका छन् ।