महिला तथा बालबलिका

बलात्कारीलाई नपुंशक बनाउने कानुन बनाउने अध्ययन गर्न सरकारलाई निर्देशन

By धादिङ न्यूज

March 25, 2015

धादिङ–संसदिय समितिले बलात्कारीलाई नपुंशक बनाउने कानुन तर्जूमा गर्ने तर्फ अध्ययनका लागि सरकारलाई निर्देशन दिएको छ । महिला बालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु ठाकुरले आजको बैठकमा सरकारलाई यस्तो निर्देशन दिनु भएको हो । पछिल्लो समयमा बलात्कारका घटनाहरु बढिरहेकोले बलात्कारीलाई नपुंशक बनाउने सजाएलाई कानुनका रुपमा ल्याउन सकिने समितिका सभापति ठाकुरले बताउनु भयो ।