मुख्य समाचार

पोखराबाट हराएको छोरा खोज्दै जगन्नाथ धादिङमा

By Dhading News

March 26, 2015

धादिङ-आफ्ना माइला छोरा दयासागर अधिकारी हराएर बेखबर भएपछि कास्की लाहाचोक ८ का जगन्नाथ अधिकारीले हराएको  छोरा खोजीदिन आग्रह गर्दै जिल्ला जिल्लामा खोजी अभियान शुरु गर्नु भएको छ । यहि माघ ५ गते कान्छो मामा लक्ष्मण ढकालको घर पोखरा जिरोकिलोमिटर जान्छु भन्दै घरबाट पैदल हिडेका दयासागर मामाको कोठामा पनि नगएको र घरमा पनि फिर्ता नभएर बेखबर बनेपछि दयासागरका बुवा जगन्नाथ यतिबेला आफ्नो सन्तानको मायाले छट्टपटाइ रहेका छन् ।गहुँगोरो बर्ण, अनुहारको दायाँ ओठमुनि कालो कोठी भएको, लगभग पाँच फिट पाँच इन्च उचाई भएको , माथि सेतो टिसर्ट, निलो हुट र तल कालोमा सेतो धर्सा भएको ट्रयाकसुट, निलो रंगको चप्पल लगाएर बेखवर बनेको २१ वर्षे सुस्तमनस्थिती भएको आफ्नो छोरो फेला पारेमा ९८०६६८९३७९ वा ९८४६५८७०८३ नम्वरमा खवर गरिदिनु पनि पिडित अधिकारीले आग्रह गरेका छन् ।मावनले मानवको उद्घार गर्नुपर्ने भन्दै उनले आफ्नो छोरा पत्ता लगाई खबर गरिदिएमा रु. ५० हजार रकम पुरस्कार प्रदान गर्ने पनि अधिकारीले बताउनु भएको छ । 

छोराको खोजीमा पोखरा देखि काठमाडौं कुस्मा, बाग्लुङ , तनहुं, गोरखा, चितवन हुंदै धादिङ आईपुग्नु भएको हो ।  । प्रहरी आंफु पुगेको स्थानमा रहेको प्रहरी कार्यालयमा आफ्नो छोराको सम्पुर्ण हुलिया दिंदै स्थानीयवासी र संचारकर्मीहरुलाई भेटेर खोजीका लागि अधिकारीले अनुरोध गर्ने गर्नु भएको छ । ।तर हराएको २ महिना विति सक्दा पनि छोराको अत्तोपत्तो पाउन नसक्दा अधिकारी परिवार निकै चिन्तामा परेको छ ।