हाम्रो पालिका

५८ औं सहकारी दिवस मनाउने सम्वन्धि सूचना

By धादिङ न्यूज

March 27, 2015

डिभिजन सहकारी कार्यालय धादिडको आयोजनामा मिति २०७१ चैत्र ११ गते जिल्ला सहकारी संघ, विषयगत जिल्ला सहकारी संघ र स्थानिय सहकारी संस्थाहरुको उपश्थितीमा जिल्ला सहकारी संघ धादिडका अध्यक्ष्य श्री नेत्रराज पौडेलेका अध्यक्षतामा धादिडबेसीमा बैठक वसी यही चैत्र २० गते ५८औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । उक्त वैठकले सहकारी दिवस मनाउनका लागि जिल्ला सहकारी संघका अध्यक्ष श्री नेत्रराज पौडेलको अध्यक्षतामा डिभिजन सहकारी कार्यालय १, विषयगत जिल्ला सहकारी संघ ५ र धादिड जिल्लाका सहकारी संस्था ४१० सहित ४१७ सदस्य मूल समारोह समितिकोे गठन गरेको छ । ५८ औं सहकारी दिवसको मूल नारा “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” भन्ने रहेकोछ । बैठकले धादिड जिल्लाका सहकारी संघ संस्थाले आफूलाई पायक पर्ने आफ्नो कार्यक्षेत्रमा कार्यक्रमको आयोजना गरी सहकारी दिवस मनाउन र जिल्लाको सदरमुुकाममा उपश्थित हुन सक्ने सहकारी संघ संस्थालाई सदरमुकाममा आयोजना हुने कार्यक्रममा सहभागी हन अनुरोध गरेको छ । सदरमूकाममा हुने कार्यक्रम मिति २०७१ चैत्र १७ गते श्रोत परिचानल बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा धादिडवेसीमा हुने रक्तदान कार्यक्रममा सहभागी हुने । मिति २०७१ चैत्र २० गते विहान ७.०० वजे संस्थाको व्यानरमा पुच्छार वजारमा उपश्थित भई सिरानवजार सम्म ¥याली गर्ने मन्चको कार्यक्रम गरी ¥यालीमा भाग लिने उत्कृष्ठ संस्था लाई पुरस्कृत समेत गर्ने वर्षभरीको कार्य सम्पादनमा उत्कृष्ट ठहर भएका संस्था, संचालक र कर्मचारी मध्ये एक एक लाई पुरस्कृत गर्ने । बैठकवाट मिति २०७१ चैत्र २० गते विहान हुने ¥यालीको स्वतन्त्र मूल्यांकन गर्न नेपाल पत्रकार महासंघ धादिडलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

कृष्ण बहादुर  बोहोरा सहकारी अधिकृत