हाम्रो पालिका

श्री युनिटी स्वास्थ्य सहकारी संस्था लि.को अत्यन्त जरुरी सूचना

By धादिङ न्यूज

March 28, 2015

यस सहकारी संस्थामा विगत केही समय देखि कारोबार गरी यस संस्थालाई तिर्नु पर्ने बाँकी बक्यौता नतिरी देखि लामो समय सम्पर्कमा नरहेका र गत बर्ष समेत बार्षिक क्लोजिङ नगरी बसेका व्यक्ति,फर्म(स्वास्थ्य संस्था, अस्पताल,पोलिक्लिनिक, मेडिकल लगायत)तथा शेयर सदस्यहरुलाई यही चैत्र मसान्त भित्र संस्थामा सम्पर्कमा राखी बाँकी बक्यौता भुक्तान गर्नुहुन अनुरोध गरिन्छ ।उक्त समय भित्र पनि अटेर गरी बस्ने व्यक्ति, फर्म तथा शेयर सदस्यहरुको विभिन्न पत्रपत्रिकामा तिन पुस्ते सहितको विवरण सार्वजनिक गर्दै संस्थाको विनियम, सहकारी ऐन २०४८ तथा प्रचलित कानून अनूसार थप कारबाही गरी बाँकी बक्यौता असुल उपर गरिने व्यहोरा जानकारी गराइन्छ ।संस्थाको कुनै पनि कारबाहीबाट पर्न जान सक्ने असुविधा प्रति स्वंय अटेर गर्ने व्यक्ति, फर्म तथा शेयर सदस्य जावफदेही रहनेछ । श्री युनिटी स्वास्थ्य सहकारी संस्था लि. नीलकण्ठ ३ धादिङ