– गणेश पाण्डे बिहेको मौसम छ, धेरै बिहेकै चटारोमा छन । पैसा हुनेहरु कसरी उडाउने सोच्दैछन, नहुनेहरु जोहो गर्न घोत्लिंदैछन् । कति त दाइजो लिने र दिने हिसाब गर्दै पनि होलान । विवाह जीवनको एउटा अभिन्न पाटो हो । जुन जीवनको एउटा चरणमा पुगेपछि गरिन्छ । विवाहलाई नया“ जीवनको सुरुवात पनि भनिन्छ । तर, त्यो ‘नया“ जीवन’ थाल्ने सबैका आ—आफ्नै शैली छन् । कसैलाई रबाफ मनपर्ला, कतिलाई नपर्ला । परम्परा, संस्कृति र कुलघरानाको आडम्बरमा बिहेबारीजस्ता हाम्रा रितिथिति महंगा, भडकिला र उडन्ते बनिरहेका छन् । यद्यपि समाजमा यस्ता पनि बिहे छन् या हुन्छन्, जुन समाजका लागि एउटा गतिलो पाठ बनेर उभिने गर्छ । या समाजले सा“च्चिकै गर्व गर्न लायक हुन्छ ।
चितवन शुक्रनगर– ३ का दिपेन्द्र सुवेदी र भरतपुर– ६, आनन्दपुरकी गीता समाजका यस्तै एक पात्र हुन, जसले विवाहमा संकलन भएको रकमलाई गरिब र जेहेन्दार लालाबालाको शिक्षामा खर्च गर्ने निर्णय गरे । जर्मनीमा मगनी र चितवनमा २०६७ सालमा बिहे गरेको यो जोडीले चाहेमा भव्य रुपमा बिहे गर्न सक्थ्यो । दिपेन्द्र जन्ती गए, भोजमा सहभागी पनि भए, तर दाइजो भने लिएनन । बरु, मगनीका क्रममा जर्मनीमा केही साथीले उपहार स्वरुप दिएको रकमबाट चार लाख संकलन भयो । त्यसैलाई ‘दिपेन्द्र गीता शिक्षा कोष’मा परिणत गरी गरिब, जेहेन्दार बालबालिकाहरुलाई शिक्षाको ज्योति दिलाउने अभिभारा बोक्यो यो जोडीले । भड्किलो बिहे गर्नुको सट्टा बिहे खर्चबापतको रकम र आफन्त तथा शुभेच्छुकबाट प्राप्त चार लाख रुपैंयाको उपहारलाई कोषको रुपमा परिणत गर्नु नै महानता हो । कोषको रकम अहिले अहिले छ लाख रुपैंया पुगेको छ । जसबाट बर्सेनी चितवनको शुक्रनगर र आनन्दपुर आसपासका सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिबापत शैक्षिक सामाग्री, पोशाक, विद्यालय शुल्क प्रदान गरिंदै आएको छ । गतबर्ष कोषबाट ३८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो, यसबर्ष थप ४७ जनाले छात्रबत्तिको सौभाग्य पाए । शिक्षा तथा रोजगारीका सिलसिलामा हाल दिपेन्द्र र गीता जर्मनी बस्छन्, कोषलाई व्यवस्थित रुपमा संचालन तथा विद्यार्थी छनौट र छात्रवृत्ति वितरणका लागि दिपेन्द्रका पिता शिवराज सुवेदीको संरक्षकत्वमा पा“च सदस्यीय समिति क्रियाशिल छ । कोषको कार्यलाई व्यवस्थित गर्न एक महिनाअघि नेपाल आइपुगेका दिपेन्द्र भन्दै थिए — ‘यो नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो ।’ हुन त दिपेन्द्र एक सामान्य नागरिक हुन् । मातृभूमिबाट विरक्तिदैं ‘उज्ज्वल भविष्य’ खोज्न विदेशी भूमिमा पुग्ने एक प्रतिनिधिपात्र पनि हुन । तर, धन भन्दा पनि मन छ, देशकै लागि के गर्ने इच्छाशक्ति छ । त्यसैले बिहेको पहिलो बार्षिकीको दिन पनि कही“ घुम्न र रमाइलो गर्न होइन, कोषकै रकम बृद्धि गर्ने अभियानमा जुटे । एकदमै नजिकका साथीभाइ र इष्टमित्रलाई लागि बोलाएर कार्यक्रम गरे । तीन सय युरो अर्थात करिब ३० हजार रुपैंया जुटाए । जसबाट थप तीन चार जना बालबालिकाले कखरा सिक्ने बाटो खुल्यो । सायद आनन्द त्यसैमा हुन्छ, जुन काम दिलैबाट गरिएको हुन्छ । र, प्रशंसा पनि त्यसैमा पाइन्छ, जुन समाजका लागि सर्वस्वीकार्य हुन्छ । जर्मनीमा एकबिहानै आफ्नै रेष्टुरेण्टमा बसिरह“दा सिन्धुपाल्चोकका एकजना मित्रले बिहानै दिपेन्द्रको छातीमा समाते । दिपेन्द्र अचम्म परे । केही गल्ती नै गरिएछ कि भन्ने महसुस पनि भयो, उनलाई । तर, जब ती साथीले चिच्याउ“दै स्याबासी दि“दै गला मिलाए, तब थाहा भयो जर्मनीको लोकप्रिय अर्धसाप्ताहिक पत्रिकाको मुख्य समाचार थिए दिपेन्द्र । गत साता काठमाडौंमा भेटिएका दिपेन्द्र भन्दै थिए — स्थानीय स्टाट आनचाइगर पत्रिकाको प्रथम पृष्ठमा फेवातालमा खिचिएको दम्पत्तीको फोटो थियो । त्योस“गै सामाजिक कामको विवरण थियो, गरिबीका विरुद्ध शीर्षकमा ।’ दिपेन्द्र जर्मनीका अधिकांश पत्रिकाको हेडलाइन बनिरहे । वाज नामक दैनिकले त पूरा पृष्ठ नै छाप्यो । जर्मनीमा सामाजिक कार्य गर्ने दिपेन्द्र एक्ला नेपाली हैनन्, तर दिपेन्द्रले यसकारण लोकप्रिय पाए कि उनले आफ्नैै निजी रकमबाट समाजसेवा थाले । समाजमा सबैले दिपेन्द्रले जसरी नै बिहे गर्नुपर्छ भन्ने होइन, भोजभतेर बन्द गरेर छात्रवृत्तिमै खर्चिनुपर्छ भन्ने पनि पटक्कै होइन । तर, दिलैदेखि चाहने हो भने असल कार्य गर्न कसैले छेक्दैन । बिहेलाई जीवनको नया“ सुरुवात मात्रै होइन, सत्कर्मको नया“ मार्ग पनि बनाउन सकिन्छ । सयौं बोतल मदिराको खोलो बगाउ“दैमा र दर्जनौं खसी काटेर भडकिलो बिहे गरेर केहीदिन खोक्रो रबाफ त दिन सकिएला, अधिकांश नेपालीको बिहेपनि त्यस्तै हुनेगर्छ । बरु, थोरै रकम नै किन नहोस, सामाजिक कार्यमा लगाउन सके त्यसले समाजमा केही न केही नया“ योगदान त दिन्छ । विवाह एउटा सामाजिक सम्झौता हो । सा“घुरो घेराभित्र कोचेर राखेकै कारण समाजमा यौनजन्य अपराध, हत्या र हिंसाका घटनाहरु दोहोरिइरहेका छन् । विवाहमा दाइजो नपाएकै कारण लगनगा“ठो टुट्ने र मृत्युवरण नै सहनुपर्ने हामी नेपालीको यो भन्दा ठूलो राष्ट्रिय बेइज्जती के नै होला र ? तसर्थ, हाम्रा धर्म, संस्कृति र परम्परामा पनि फरक ढंगले सोचिन आवश्यक छ । कुनैबेला परम्परा र संस्कारले समाजलाई डो¥याउ“थ्यो । तर अब समाजले यी कुरालाई परिमार्जित गर्दै लैजानुपर्छ । समाज भनेको वर्तमान हो, हामीले सधैं परम्परालाई मात्र पछयाउ“दै हि“ड्नुपर्छ भन्ने छैन । समाजमा केही त्यस्ता व्यक्तिमात्रै हुन्छन्, जो सदैव अमर रहन्छन् । किनकी उनीहरुले आफ्नो खोक्रो रबाफ र स्वार्थ हेर्दैनन । समाज परिवर्तनमा टेवा पु¥याउ“छन् । र, मानव हुनुको एउटा सच्चा धर्म निर्वाह गर्दछन् । असल कार्य गर्नेका लागि स“धै ढोका खुल्ला रहन्छ । विरोध गर्नेका लागि टन्टलापुर दिन पनि चकमन्न रात सरह नै हुन्छ । किनकी उसले केवल अ“ध्यारो मात्रै देखेको हुन्छ । जसले आफै भित्र उज्ज्यालो देख्छ, उसले अरुलाई पनि उज्ज्यालो दिन सक्छ । अरुलाई उज्ज्यालो देखाउनेहरु नै खासमा मानव हुन्, त्यही मानवीय धर्म हो ।