कभर फोटो

बक्यौता फर्छौटमा धादिङ जिल्ला अदालत देशमै पहिलो-चालु आर्थिक बर्षमा ६ करोड बक्यौता फर्छौट

By धादिङ न्यूज

April 08, 2015

बाबुराम श्रेष्ठ

धादिङबेसी÷अदालतबाट कैद सजायँ तथा जरिवाना तोकेर पनि लामो समय सम्म फरार रहंदै आएकाहरुलाई कारवाही गरी धादिङ जिल्ला अदालतले यो बर्ष ६ करोड राजस्व संकलन गरेको छ ।

जिल्ला अदालतमा एक सय बर्ष पहिले देखि बांकी रहेको बक्यौता उठाउन प्रहरी,सचेत नागरिक र अभियोग प्रमाणित व्यक्तिहरुको सहयोग मिल्दै गएको जिल्ला अदालतले जनाएको छ । चालु आर्थिक बर्षको शुरुवातमा जिल्ला अदालतको बक्यौता ९ करोड४६ लाख ३६ हजार २ सय ४७ रुपैया रहेकोमा अहिले सम्म ६ करोड ८७ हजार २ सय ४७ रुपैया बक्यौता फर्छयौट भएको जिल्ला न्यायधिश रमेशराज पोखरेलले जानकारी दिनु भयो ।बक्यौता फर्छौटमा धादिङ जिल्ला अदालत यो बर्ष अरु जिल्ला अदालत भन्दा अगाडी रहेको वताईएको छ । यसै गरी धादिङ जिल्लामा १ हजार १ सय ३४ बर्ष ९ महिना १५ दिन कैद सजाय भुक्तानी हुन वांकी रहेको छ । कैद सजायँ पाएर पनि फरार रहंदै आएका मध्ये ३ सय ९ बर्ष ७ महनिा २८ दिन कैद यो बर्ष फर्छौट गरिएको न्यायधिश पोखरेलले वताउनु भयो ।

अदालतका बिषयमा आम नागरिकमा सहि सन्देश लैजान आगामी महिना देखि जिल्ला न्यायधिश र नागरिकका बिच गाउं गाउंमा भेट अन्तरक्रिया हुने भएको छ । यसै गरी जिल्ला अदालत धादिङले नयाँ वर्ष देखि मुद्धाका लागि अदालत आएका पक्ष विपक्षलाई हरेक दिन परामर्श सेवा उपलब्ध गराउने भएको छ । मुद्धाका पक्ष विपक्षलाई परामर्श सेवा प्रदान गर्न हरेक दिन साढे १ बजे देखि २ बजे सम्म समय तोकिएको जिल्ला अदालत धादिङले जनाएको छ । कतिपय मुद्धाहरु आपसी सहमतीवाट किनारा लाग्ने प्रकृतिका भएपनि अदालतमा आएर लामो समय सम्म पालो पर्खेर पनि मुद्धा लड्ने चलन बढ्दै गएकाले अदालतले यस बिषयमा सरोकारवालाहरुलाई आवश्यक जानकारी गराउन दैनिक परामर्श सेवा शुरु गर्न लागेको धादिङ जिल्ला अदालतका न्यायधिश रमेशराज पोखरेलले वताउनु भयो । यसैगरी जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद र बलत्कार सम्बन्धी मुद्धाहरु बर्षेनी बढ्दै गएको अदालतले जनाएको छ । ३ करोड ४५ लाख ४९ हजार रुपैंया बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ । मुद्धाका पक्षलाई परामर्श सेवा प्रदान गर्नको लागि परामर्श दाता तोकिएको, असहाय तथा असक्षम पक्षको लागि बैतनिक कानुन ब्यबसायी मार्फत निशुल्क कानुनी सेवा दिने गरिएको, तोकिएका मुद्धाको बन्द इजलासबाट र बालबालिका भएका मुद्धामा बाल ईजजासबाट सुनुवाई हुने गरेको एवम अदालतको काम कारबाहिमा गुनासो भए श्रेस्तेदार तथा न्यायाधिस समक्ष राख्न सकिने ब्यबस्था गरिएको वारेमा बुधवार जिल्ला अदालतमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ।