खोजखबर

पिडा पुकुनका विरामीलाई प्रयास नेपाल द्वारा राहत वितरण

By धादिङ न्यूज

April 10, 2015

धादिङ–गत फागुन २५ गते विषादी प्रयोग गरीएको गहँको रोटी खादा विरामी परेकाहरुलाई विहिबार प्रयास नेपालले राहत वितरण गरेको छ । विरामी परेर शारीरिक र मानशिक रुपमा समेत कमजोर भएकाहरुलाई केही भएपनि मलम पट्टी गराउन राहत उपलब्ध गराइएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो । एक जना विरामी बराबर २ हजार ८ सयको खाद्य सामाग्री उपलब्ध गराइएको प्रयास नेपाल धादिङद्धारा संचालित बालकेन्द्रित सामुदायिक विकास कार्यक्रमका कार्यक्रम संयोेजक विनोद भट्टले बताउनुभयो । विषाक्त रोटी खाँदा पिडा गाउँ विका समितिको वडा नं ८ पुकुनका सन्चबहादुर स्याङ्तानको परिवारका ६ जनाको मृत्यु भएको थियो भने चार परिवारका १६ जना विरामी परेका थिए । यस अघि प्रयास नेपाल धादिङले रोटी खाँदा मृत्यु भएका एक जना बराबर ७ हजार ५ सयका दरले ४५ हजार रुपैया आपत्कालिन राहत उपलब्ध गराएको थियो । घटनामा मृत्यु भएकाहरुको काजकिरियाका लागि भन्दै जिल्ला पशासन कार्यलय धादिङको अगुवाइमा बुधबार एकजना मृतक बराबर २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको थियो ।