धादिङ न्यूज फाईल तस्बिर

मुख्य समाचार

राजमार्गका स्वयंसेवकहरु दुर्घटनामा उद्धारगर्न सिक्दै

By Dhading News

April 12, 2015

धादिङ – राजमार्गमा छेउछाउमा बसोबार गर्ने र दुर्घटना भएको बेला स्वयंसेवक भइ काम गर्नेहरुका लागि संचालित आधारभुत प्राथमिक उपचार पुनर्ताजकी तालिम बैरेनीमा सुरु भएको छ । जिल्ला विकास समितिको सहयोगमा कोसोक नेपालले संचालन गरेका तीन दिने तालिमममा २२ जनाको सहभागिता रहेको कोसोक नेपालका उपाध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । पृथ्वीराजमार्ग अन्तरगत दिनहुँजासो भइरहने दुर्घटनाका घाइतेहरुको ज्यान बचाउने र उनिहरुलाई सुरक्षित रुपमा पसरवारको सम्पर्क सम्म पुर्याउन सहयोग गर्नका लागि तालिमको आयोजना गरिएको हो । तालिममा कुरिनटारदेखि नौबिसेसम्मका स्वयंसेवकहरुको सहभागिता रहेको छ । उनिहरुले राजमार्गका दुर्घटना भउको सूचना पाएपछि घटनस्थल पुगि कुनै शुल्क विना नै प्राथमिक उपचार सेवा पुर्याउने, घाइतेलाई अस्पताल पुर्याउन सहयोग गर्ने र आवस्यकता परेमा परिवारसंगको सम्पर्कसम्म पुर्याउन सहयोग गर्नेकार्यमा सेवा उपलब्ध गराउने छन् ।