हाम्रो पालिका

भेटघाट कार्यक्रमको निमन्त्रणा

By धादिङ न्यूज

April 13, 2015

नेपाल सरकारको मिति २०७१/१२/२२ को निर्णयानुसार जिल्ला विकास समितिको कार्यालय, धादिङमा पदास्थापन हुनु भएका स्थानीय विकास अधिकारी श्री लक्ष्मण विक्रम थापाज्यू र पत्रकार एवं मिडियाकर्मी बीच भेटघाट कार्यक्रम देहाय अनुसार तय गरिएको छ । उक्त कार्यक्रममा सहभागिताको लागि जिल्लामा क्रियाशील (स्थानीय तथा राष्ट्रिय संचार संस्थासंग आवद्ध पत्रकारज्यूहरु, मिडिया हाउसका प्रतिनिधिज्यूहरु, स्थानीय टिभि, रेडियो, दैनिक तथा साप्ताहिक पत्रिकाका प्रशाशकज्यूलाई लाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछु । बोधार्थ ः अध्यक्षज्यू, नेपाल पत्रकार महासंघ, धादिङ : समन्वयको लागि सहयोग गरिदिनुहुन । कार्यक्रम मिति २०७२ बैशाख ३ गतेसमय ः विहान ११ः३० बजेस्थान ः जिविसको बैठक कक्षनयाँ वर्ष २०७२ को हार्दिक मंगलमय शुभ–कामना भोला प्रसाद गौतमसूचना अधिकृतजिविस, धादिङ