कभर फोटो

‘ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिने’ दुई नेपाली भाषी भुटानी पक्राउ

By धादिङ न्यूज

April 15, 2015

अमेरिकी राष्ट्रपति भवन ‘ह्वाइट हाउस’मा बम पड्काउने चेतावनी दिने २ जना नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।आफूलाई अलकायदाको सदस्य भन्दै ह्वाइट हाउसमा बम विस्फोटको चेतावनी दिने २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइराला हुन् ।प्रहरीलाई उद्धृत गर्दै स्थानीय ‘न्यूज नेट फाइभ’लेजनाएअनुसार गुरु धिमालले गत शुक्रबार अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भएको बताएका थिए ।‘हामीले ह्वाइट हाउसमा बम विस्फोट गराउने तयारी गरिरहेका छौं’ भन्दै धिमालले फोन अपरेटरसँग गरेको कुराकानी प्रहरीले सार्वजनिक गरेको छ ।आफूसँग बम नरहेपनि न्यूयोर्कमा रहेका आफ्ना साथीहरुसँग बम रहेको भन्दै उनले मे १ मा वासिंग्टनमा बम पड्काउने तयारी भइरहेको बताएका थिए । आफू ओहायो क्लिभल्यान्डनजिकै बसमा यात्रा गरिरहेको भन्दै बस नम्बरसमेत टिपाएपछि सुरक्षा निकायले धिमाललाई पक्रेको थियो ।आतंक फैलाएको अभियोगमा प्रहरीले धिमाल र उनका काका पर्ने भगिरथ कोइरालालाई पक्राउ गरेको छ । गत सोमबार अदालतमा पेश गरिएका उनीहरुसँग रिहाइका लागि २५ हजार डलर धरौटी मागिएको समाचारमा उल्लेख छ । अन्तिम सुनुवाइ भने अप्रिल २१ मा तोकिएको छ ।