घटना /दुर्घटना/ अपराध

त्रिशुलीमा बेपत्ता भएका सन्तोष अझै फेला परेनन्

By धादिङ न्यूज

April 25, 2015

 

धादिङ–विहिबार साँझ पौडी खेल्ने क्रममा त्रिशुली नदीमा बेपत्ता भएका सन्तोष श्रेष्ठको खोजि कार्य जारी भएपनि यो समाचार तयार पार्दा समेत फेला नपरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । रबर ट्युब लिएर पौडी खेल्न त्रिशुली नदिमा गएका कल्लेरी गाउँ विकास समिति वडा नम्बर ३ का १६ बर्षिय सन्तोष श्रेष्ठ पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत श्रेष्ठ विहिबार पौडी खेल्न त्रिशुली नदीमा गएका थिए । प्रहरी र स्थानीय मिलेरे श्रेष्ठको खोजि कार्य तिव्र पारेका छन् ।