कभर फोटो

कोइलीखर्कका चालिस परिवारलाई युवाहरुको सहयोग

By धादिङ न्यूज

May 02, 2015

बैरेनी–प्रलयकारी महाभुकम्पबाट तहस नहस वनेको गाउंवस्तिका वासिन्दाले भुकम्प आएको आठ दिन बितिसक्दा पनि राहत पाउन नसकेर खुल्ला आकाशमुनी भोकभोक वसिरहनु परेको वेला सहयोगीहातहरु गउं तर्फ लाग्न थालेका छन । दक्षिणी धादिङको बैरेनी गाविस वडा नम्बर ४ कोईलीखर्कका अति विपन्न तामाङ समुदायले भोग्नु परेको भुकम्पको पिडा कम गर्न युवाहरुको प्रयासमा शनिवार गाउंमै पुगेर केही राहत सामाग्री बितरण गरिएको छ । बैरेनी ९ का युवा दिपेश कार्कीको संयोजनमा पोखरामा व्यवसाय संचालन गरिरहेका युवाहरुले दिएको सहयोगबाट कोईलीखर्कका ४० घर परिवारलाई थोरै भएपनि राहत सहयोग उपलव्ध गराईएको हो । सरकारी तवरबाट पठाईएको त्रिपाल तथा खाद्यान्न पिडितहरुको अनुपातमा निकै कम भएको भन्दै स्थानीय राजनैतिक संयन्त्र र गाविस कार्यालयले वितरण गर्न नसकेपछि युवाहरुको प्रयासमा कोईलीखर्कका ४० परिवारलाई एक एक थान त्रिपाल ,म्याट,लत्ता कपडा, चामल, नुन, चिउरा सहयोग गरिएको सहयोग संकलन अभियानका सदस्य पत्रकार सन्तोष अधिकारीले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।