कभर फोटो

तिप्लिङमा हेलिकप्टरबाट खेतमा फालियो चामलको वोरा

By धादिङ न्यूज

May 08, 2015

भुकम्प पिडितलाई तत्कालिन खाद्यान्न संकट नपरोस भन्नाका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रबाट खाद्यान्न लगायतका सहयोग आउनेक्रम बढ्दै गएको छ । धादिङ जिल्लाका भुकम्प पिडितका लागि पनि हरेक दिन जिल्लामा सहयोगका सामाग्रीहरु आईरहेका छन र विभिन्न माध्यमबाट बितरण पनि भईरहेको छ । सदरमुकामबाट हेलिकप्टर तथा अन्य सवारी साधन मार्फत पठाईएका चामल लगायतका खाद्यान्न गाउं सम्म पुगे नपुगेको हेर्ने निकाय नहुंदा बितरणमा निकै हेलचेक्र्याई हुने गरेको पाईएको छ ।

जिल्लाको अति विकटमा रहेको तिप्लिङ गासिवमा लगिएको चामल हेलिकप्टर भुईमा नरोकि माथिवाटै वोरा फ्यांकिदंदा चामलको वोरा फुटेर माटोभरी भएपनि सरकारी निकायले भने यस तर्फ कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

हेलिकप्टरबाट भुईमा फालिएको बोरावाट माटोमा मिलेको चामल उठाएर खान तिप्लिङका वासिन्दा वाध्य हुनु परेको पत्रकार महिन्दो वाईबाले आफ्नो फेसबुक पेजमा फोटा सहित लेख्नु भएको छ ।