कभर फोटो

त्रिपुरा पुस्तक पसलको पहलमा गाउं गाउंका भुकम्प पिडितलाई सहयोग

By धादिङ न्यूज

May 09, 2015

धादिङ– महाभुकम्पमका कारण बिचल्लीमा परेका स्थानीयवासीको सहयोगका लागि विभिन्न संघ सस्था,विदेशी सहयोगी दाताहरु,सरकारी निकाय सक्रिय रहेपनि गाउं गाउंमा अझै सम्म राहत पुग्न सकेको छैन । भुकम्पमा परेर घरविहीन हुन पुगेपनि अहिले सम्म कुनै किसिमका राहत सहयोग नपाएकाहरुको लागि निजी प्रयासमा राहत सामाग्री बितरण गरी सहयोग गर्नेक्रम बढ्न थालेको छ । भुकम्प पिडितहरुको सहयोगका लागि गाउं गाउंमा पुगेर राहत बितरण गर्नेमा त्रिपुरा पुस्तक पसल धादिङका प्रोपाईटर नारायणकुमार श्रेष्ठ पनि अग्रमोर्चामा देखिएका छन । श्रेष्ठको पहलमा नीलकण्ठ नगरपालिकाको सांखु,खानीगाउं,निवुवास्वांरा,भुलभुले,खाल्टे गाविसको हिलेखर्कमा दाल, चामल,कम्वलका साथ एक एक थान त्रिपाल पनि बितरण गरिएको छ ।

श्रेष्ठले अहिले सम्म सल्यानकोट गाविसको हटियामा ५४ थान त्रिपाल,सल्यानकोट गाविसमा ५ टन चामल र त्रिपाल,नीलकण्ठ नगरपालिकाको खानीगाउंमा ६५ थान त्रिपाल, ६५ बोरा चामल,२ बोरा दाल,३० थान कम्वल वितरण गरिसक्नु भएको छ । यसैगरी नीलकण्ठ नगरपालिकाको डम्बरडांडा ,पौवा र भुलभुलेमा पनि ५७ बोरा चामल ,एक एक थमन कम्वल र त्रिपाल वांडिएको श्रेष्ठले वताउनु भयो ।

यसै गरी शनिवार श्रेष्ठले नीलकण्ठ नगरपालिकाको वडा नम्बर ७ डम्बरडांडामा १ सय २२ घरलाई चामल, त्रिपालका साथ सुत्केरीका लागि एक एक थान कम्वल बितरण गर्नुभएको छ । विपदमा परेकाहरुको अवस्था देखेर आंफुले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सल्लाहकार संजयकुमार चौहान संग समन्वय गरी आवश्यक श्रोत जुटाएर सहयोग गरेको श्रेष्ठले वताउनु भयो । चौधरीको सहयोगमा १० हजार ५ सय केजी चामल धादिङ भित्रि सकेको र केही दिन भित्रमा अति विपन्न र कुनै पनि राहत नपाएका बस्तिमा बितरण गर्दै सहयोग गर्ने श्रेष्ठले जानकारी दिनु भयो ।