अनलाइन / पत्रपत्रिकाबाट

तर्सिएका बालबालिका एकै छानामुनि

By Dhading News

May 12, 2015

विनाशकारी भूकम्पले तर्सिएका बालबालिकालाई मानसिक रूपमा विचलित हुन नदिन सदरमुकाममा एकै छानामुनि बालमैत्री तथा मनोरन्जनात्मक गतिविधि सञ्चालन गरिएको छ । भूकम्पपछि बन्द विद्यालयका बालबालिका उक्त छानामुनि दिनभर आफूखुसी पढ्न, लेख्न, खेल्न, नाच्न गाउन तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा सामेल हुन्छन् ।‘भूकम्पपछि विद्यालय बन्द रहेका र मानसिक त्रास बढ्दै जाादा त्यसले नकारात्मक असर गर्ने भएकाले त्यस्तो अवस्था सिर्जना हुन नदिन यस प्रकारको बालमैत्री स्थान सञ्चालन गरिएको हो,’ प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । उक्त कार्यक्रम सञ्चालन गर्न विश्व शिक्षा र युनिसेफले सहयोग गरेको छ । विनाशकारी भूकम्पपछि बालबालिकामा डराउने, चिन्ता व्यक्त गर्ने, घरभित्र पस्न नमान्ने, निद्रामा कराउनेजस्ता विकृत भावना हुन थालेकाले त्यसलाई न्यूनीकरण गर्न बालबालिकालाई मनोपरामर्शका लागि बालमैत्री स्थानको सुरुवात गरिएको हो ।बालमैत्री स्थानमा अहिले सदरमुकामको पुछारबजारका १ सय ६५ बाबुनानी दैनिक रूपमा आई दिनभर विभिन्न गतिविधिमा सामेल हुन्छन् । अर्यालका अनुसार ती बालबालिकालाई दुई समूहमा विभाजन गरेर कक्षा सञ्चालन गरिएको छ ।बालमैत्री स्थानमा गएका उनीहरूलाई खेल खेलाउने, मनोरञ्जनात्मक र सिर्जनात्मक कार्यमा लगाउनेदेखि भूकम्पको त्रासलाई न्यूनीकरण गर्दै कक्षा सञ्चालन गर्ने गरेका बताइएको छ । घरमा रहादा सधौ डराउने गरेकाले भूकम्पपछिको त्रासलाई मानसिक रूपमा हटाउन यस्तो कक्षा सुरु गरेकामा अभिभावक निकै खुसी छन् । आफ्ना बच्चाहरू बालमैत्री स्थानमा आएपछि डराउने, भूकम्पको मात्र कुरा गर्ने समस्याबाट न्यूनीकरण भएको अभिभावकको भनाइ छ । ‘विद्यालय बन्द भएको र अभिभावक पनि दिनभर नियमित कामकाजमा जानुपर्ने भएकाले यस बालमैत्री स्थानमा ल्याएर छोड्दा आफूहरू ढुक्क र नियमित काम गर्न सजिलो भएको छ’ स्थानीय केशरी श्रेष्ठले बताइन् । आफूहरूलाई घरमा बस्दा एक्लै हुनाले बढी डर भएको बालबालिका नै बताउँछन् । बालमैत्री स्थानमा आउादा खुसी लाग्ने, खेल्न पाइने, घरमा साथी हुादैनन् यहाा साथी भेटिने हुँदाले आफूहरू घरमा भन्दा बालमैत्री स्थानमा रमाउन थालेको उनीहरूको भनाइ छ । यहाा सदरमुकाम र वरपर पाल टाागेर बसिरहेका ५ वर्षदेखि १३ वर्षसम्मका १६५ बालबालिका आउने गरेका छन् । 

धादिङ,  – 

इकान्तिपुरबाट