कभर फोटो

भुकम्प पिडित ५४ परिवारलाई आवाज अभियानले दियो जस्ता पाता

By धादिङ न्यूज

May 13, 2015

धादिङ–भुकम्पमा परेर घर गुमाएका अति विपन्न परिवारलाई तत्काल वसोवासको व्यवस्था मिलाउन गैर सरकारी संस्थाले गाउं गाउंमा पुगेर जस्तापाता सहयोग उपलव्ध गराउन थालेको छ । धादिङ जिल्लामा दर्ता भई काम गर्दै आईरहेको आवाज अभियान नेपालले जेनेभा ग्लोवल अमेरिकाको सहयोगमा अति विपन्न भुकम्प पिडित परिवारलाई तत्कालिन वसोबासको व्यवस्था मिलाउन जस्तापाता सहयोग गरेको हो । आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडीका अनुसार संस्थाले हाल सम्म मुरलीभञ्ज्याङको दुई घरेमा १९ घर,दलितबस्तिमा २४ घर,सुनौलावजारमा २ घर,साङकोषमा कुमाल ३ घर,मुरलीभञ्ज्याङका कुमाल २ घरका साथै ढोला गाविसका अति विपन्न १७ घरलाई समेत गरी प्रत्येक घरलाई एक एक बण्डल पर्ने गरप् ५४ बण्डल जस्ता उपलव्ध गराईसकेको छ । सामान्य आर्थिक अवस्था भएका व्यक्तिहरुको लागि तत्कालिन वसोवास मिलाउन एक वण्डल जस्ताले ठुलो राहत दिने अध्यक्ष दुवाडीको भनाई छ ।

यसैक्रममा आवाज अभियानले जस्ता पाता सहयोग गरेपछि नीलकण्ठ नगरपालिका वडा नम्बर १२ सांकोषका एक कुमालले तत्काल घर निर्माण गरेर उदाहरिण कार्य गरेका छन ।

निरास भइरहेको बेलामा सुकाजीले स्थानीय सामाजिक कार्यकर्ता दयाराम लम्साललाई दुखेसो पोखे, आवाज अभियान नेपालका कोषाध्यक्ष समेत रहेका लम्सालले केही सहयोग गर्ने बचन दिए र सँस्थामा सम्पर्क गरे सानो सँस्था, बजेट छैन राहतको परियोजना पनि छैन, ठूला ठूला सँस्थाले गाउँका गाउँ जिमालिएर हल्लिखल्लीका साथ राहत बाँडिरहेका छन् ।

नील कण्ठ नगर पालिका १२ साङकोष का सुकाजी कुमालको घर १२ गतेको भूईचालो ले गल्र्याम गुर्लुम्मै ढल्यो, २ छोरी, एक छोरा र श्रीमति सहितको ५ जनाको परिवार विचल्लमी मा पर्यो, दैनिक ज्यालादारी काम गरेर पेटपाल्ने सुकाजीले खानाको जोहो त गर्न सक्थे तर बास कहाँ बस्ने ? हे दैब यो कस्तो आपद, ससाना लाला बालालाई खुला आकास मुनि कति रात राख्ने, पानी हुरी र घामबाट कसरी बचाउने ? एउटा भूईचालोले सबै आपद एकै चोटी घोप्ट्यो । 

सुकाजीको माग एउटा त्रिपाल थियो तर लिन पालो पर्खने पर्ने राहतको लाइनमा जानेकि ज्यालादारी गर्न उनी सकसमा परेका थिए । आवाजको छलफलले त्रिपाल भन्दा जस्ता दिनु उपयुक्त हुने ठान्यो र सुकाजीलाई केही जस्ता हामी दिन्छौ केही तपाई किनेर टहरो बनाउनुहोस् भन्दा उनी झन खुसी भए । हामीले उनलाई जस्ता दियौँ उनले त्यसमा केही थपे र भोलिपल्टै टहरो निर्माण गरे । “जे भए पनि बर्खामा पानी पस्दैन होला हजुरहरुलाई धन्यबाद छ सहयोग गर्नु भएकोमा “, सुकाजीकी पत्नी कृष्णमाया कुमाले खुसी हुदै भनिन्