कभर फोटो

आगिञ्चोक गाउंवासीलाई अमेरीकी प्रवासीको सहयोग

By धादिङ न्यूज

May 15, 2015

 

आगिञ्चोक -बैशाख १२ गतेको भुकम्पबाट मुख्य प्रभावित धादिङको आगिञ्चोक गाविसको गोलाङमा अमेरकामा रहेका नेपालीहरुको पहलमा ३ सय ३२ घरपविारलाई रहत बितरण गरिएको छ ।

आगिञ्चोक गाविसको यहि क्षेत्रबाट अमेरिका पुगेका स्थानियहरुको पहलमा राहत बितरण गरिएको हो । अमेरिकामा रहनु भएका दिवाकर पाण्डेको पहलमा संकलित ४ लाख ५६ हजार रकमबाट खरिद गरिएको चामल, दाल, नुन, तेल चिनी लगाएत दैनिक जिवनमा आश्यक खाद्ययन्न बितरण गरिएको यहाँका स्थानिय राजेन्द्र बसौलाले जानकारी दिनु भयो । अमेरिकामा रहेका यसै भेगबाट अमेरिका पुगेका टकबहादुर रुवाली, इन्दीरा सिम्खडा, यशोदा थपलिया, सहित अन्य मुलुकहरुमा रहेका गोकर्ण बसौला, मेखबहादुर बसौला, ओम नेपाली लगाएतका व्यक्तिहरुले समेत राहत रकम संकलनमा सहयोग गरेको राहत संकलनको संयोजन गरिरहनु भएका दिवाकर पाण्डेले बताउनु भयो ।

आगिञ्चोक गाविसको बडा नम्वर १, २ र ३ का सर्वसाधरणहरुलाई उक्त राहत बितरण गरिउको थियो । बैशाख १२ गतेको भुकम्प र यस पछिका निरञ्तरका कम्पनका कारण यस क्षेत्रमा सत प्रतिशत घरहरु भत्कीनुका साथै यहाँका स्थानियहरुले सम्पूर्ण अन्न उपज समेत गुमाएको यहाँका शिक्षक बोधनाथ पाण्डेले जानकारी दिनु भयो । यस अघि यस स्थानमा आगिञ्चोक १ का स्थानिय जगत सिम्खडाको पहलमा ३ लाख ७५ हजार बरावरका रकमबाट त्रिपाल, खाद्य सामाग्री चामल दाल तेल चिनी सहित अन्य सामाग्रीहरु समेत राहत स्वरुप बितरण भएको थियो ।