प्रवास समाचार

आगिञ्चोकका भूकम्प पीडितलाई सहयोग

By धादिङ न्यूज

May 17, 2015

 धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाइ समितिको पहलमा ग्रेटर सेन्ट लुइस नेपाली चौतारी अमेरिकाका निःवर्तमान अध्यक्ष अशिम लामछिानेको नेतृत्वमा उक्त राहत वितरण गरिएको थियो । राहत सामाग्री पाएपछि भूकम्प पीडित स्थानीयहरु हर्षित भएका थिए । ५ लाख रुपैयाँ बराबरको राहत सामाग्रीमा चामल, दाल, चिनी, तेल, नुन, साबुन लगायत थियो । राहत वितरण गर्नका लागि आगिन्चोक इकाइका अध्यक्ष हरि पन्त, उपाध्यक्ष सुदर्शन बसौला, साधारण सदस्य नवराज थपलिया, सदस्य नारायण थपलिया तथा साधारण सदस्य ईश्वर थपलियाका साथै ग्रेटर सेन्ट लुइस नेपाली चौतारी अमेरिकाका निःवर्तमान अध्यक्ष अशिम लामिछाने, बीजी हस्पिटलका आशिस पराजुली, विशाल लामिछाने तथा सर्वेश्वर युवा क्लवका अध्यक्ष कविन्द्र कोइरालाका साथै रवि अभिकारी, अमित लामिछानेको सहभागिता रहेको थियो । कार्यक्रममा सर्वेश्वर युवा क्लवको तर्फबाट करिब १ लाख रुपैयाँ बराबरको कपडा र विजि हस्पिटलको तर्फबाट औषधि सहयोग प्राप्त भएको थि यो ।

ग्रेटर सेन्ट लुइस नेपाली चौतारी अमेरिका (GSTLNC) को सहयोगमा धादिङ जिल्लाको आगिन्चोक गा.वि.स. वडा नं. १, २ र ३ का ३ सय ५० घरधूरीलाई राहत वितरण गरिएको छ ।