कभर फोटो

स्विटरल्याण्ड पुगेकी नेपाली चेलीको पहलमा भुकम्प पिडितलाई राहत

By धादिङ न्यूज

May 19, 2015

धादिङ–महाभुकम्पले तहस नहस पारेको जनजिवनलाई सहयोग गरी पिडित परिवारलाई सामान्य दैनिकीमा फर्काउन देश विदेशमा रहेका नेपाली र तीनका आफन्तहरु व्यक्तिगत तबरबाट सहयोग जुटाउन कस्सिएर लागि परेका छन । सहयोग गर्न धन होइन मन चाहिन्छ भन्ने भनाईलाई सत्य सावित गराउंदै स्विटरल्याण्ड बस्दै आईरहेकी एक नेपाली चेलीले बैशाख १२ को महाभुकम्प पिडितहरुलाई राहत दिन व्यक्तिगत रुपमा सहयोग गर्नु भएको छ । स्विटरल्याण्डका नागरिक ब्रुनो स्कुमेज र उहांकी श्रीमती पुनु स्कुमेजको  व्यक्तिगत पहलमा बैरेनी गाविस वडा नम्बर ९ बराडांडा, माझिलोसे,माझिखेतका भुकम्प पिडित ३० परिवारले राहत पाएका छन । कपन काठमाण्डौं वस्दै आईरहनु भएकी पुनुकी आमा जमुना साहनीले सोमवार गाउंमै पुगेर राहत सामाग्री बितरण गर्नु भएको हो । बितरण गरिएको राहत सामाग्रीमा १५ थान त्रिपाल,३० केजीका दरले ३० वोरा चामल,३० वटा म्याट,३० केजी नुन र दालका साथै लत्ता कपडाहरु रहेको थियो । महाभुकम्पका कारण घरवार विहिन हुन पुगेकाहरुको पिडालाई केही कम गर्न तत्कालिन सहयोग गर्ने उद्धेश्यले आफ्ना छोरी ज्वाईले उपलव्ध गराएको एक लाख ४५ हजार नगदवाट राहत सामाग्री खरिद गरी पिडित परिवारलाई बितरण गरिएको जमुनाले वताउनु भयो । पृथ्वीराजमार्गको नजिकै रहेर पनि कुनै पनि संघ संस्था र अन्य निकायको नजरमा पर्न नसकेको बस्तिमा राहत समाग्री वितरण गर्न पाउंदा आंफुलाई केही खुसी लागेको र भविष्यमा पनि सकेको सहयोगका लागि पहल गर्ने जमुनाले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । पहुंचका आधारमा कतिपय वस्तिमा धेरै पटक राहत सामाग्री वितरण भएपनि माझिलोसे, बराडांडा गाउंमा भने कसैको नजर पर्न नसकिरहेको बेला यहांका पिडितहरुको सहयोगका लागि पहल भएकोमा स्थानीयले दाता टोलीलाई धन्यवाद व्यक्त गरेका थिए । बैरेनी गाविसको वडा नम्बर ९ मा पर्ने ग्रामीण भेग राहुडाँडा, सिम्ले,घर्तिगाउं,कुसुन्डांडा,महेश,वाहुन पलाङ,बांझागाँउ,डुडीगैरा, छाप लगायतका बस्तिमा एक सय भन्दा बढी घर परिवारले अझै सम्म पर्याप्त राहत पाउन सकेका छैनन । ब्रुनो स्कुमेज  र उहांकी श्रीमती पुनु स्कुमेजको सहयोगमा यस अघि जमुना साहनीले धादिङकै नीलकण्ठ नगरपालिकाको वडा नम्बर ११ को आहालडांडाका ३० परिवारलाई पनि प्रति परिवार एक एक वोरा चामल,एक एक थान मेट, त्रिपाल,सिरक विस्ताराका साथ लत्ता कपडा बितरण गर्नु भएको थियो ।

बुधवार बैरेनी ९ बराडाँडामा  राहत बितरणको केही झलक (फोटो फिचर)