कभर फोटो

जनजागृत्ति उमावि द्धारा घुम्ति कक्षा सञ्चालन

By धादिङ न्यूज

May 25, 2015

रामचन्द्र रुपाखेती, /महादेववेशी बैसाख १२ र सो पछिका पराकम्पनका कारण तत्काल विद्यालय भवनमा कक्षा सञ्चालन गर्न मानसिक रुपमा तथा भौतिक रुपमा समेत समस्या रहे पछि थाक्रे ३ महादेववेशीमा रहेका जनजागृति उच्च माध्यमिक विद्यालयले आफ्नै सकृयतामा विद्यालयको कार्यक्षेत्र भित्र १० वटा भिन्दा भिन्दै अस्थाई केन्द्रमा आजदेखी १ हप्ते मनोपरामर्श घुम्ति कक्षा थालनी गरेको छ । सरकारले आगामी जेठ १७ बाट विद्यालय सञ्चालन गर्ने भनेतापनि विद्यालयले गरेको अभिभावकको घरधुरी सर्वेक्षण र विद्यार्थीहरुको अवस्था बुझ्दा एकैचोटी विद्यालयमा कक्षा सञ्चालन गर्न नसकिने अवस्थाको विश्लेषण गरे पछि विद्यालय व्यवस्थापन समिति, एवं शिक्षकहरुको समेत वैठकले विद्यालय आउनुपुर्व विद्यार्थीहरुको घर नजिकै टोलमा चौतारो तथा अस्थाई पाल हालेर मनोसामाजिक परामर्श कक्षा तथा विभिन्न मनोरञ्जनात्मक कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । जनगाृति उच्च माध्यमिक विद्यालयमा १००० भन्दा वढि विद्यार्थीहरु भएकोले विद्यालयको कार्यक्षेत्र भित्र १० वटा अस्थाई घुम्ति कक्षा तय गरेको छ । ति घुम्ति कक्षा हरु गोगनपानी वडा नं ६ र ५ का लागि चण्डिथान र वितलव, केवलपुर ६ को पोखरेडाँडा, गागनपानी ७ बालुवाफाँट, थाक्रे ३ को विद्यालय प्राङगण र आग्रा खोला किनार, ७ किला त्यस्तै भुमेस्थान ४ चालिसे र सग्रामटार , वडा नं. ३ को इजारामा रहने छ । केन्द्रमा विद्यालयका विद्यार्थी तथा आसपासका अन्य विद्यालयका विद्यार्थीहरुलाई समेत समेटिने विद्यालयका प्र.अ. लावण फुयलले जानकारी गराउनु भयो । कक्षा सञ्चालन मा विद्यालय स्वमले पहल थालेपछि सरोकारवाला तथा अन्य विद्यालयहरुले समेत सकारात्मक रुपमा लिएका छन् । सोही अनुसार सिड्स तथा यु.यम.एन ले तत्काल कक्षाको लागि पाल , मेट्टेस, स्टेशनरी लगाएत सामाग्री प्रदान गरेको छ । विभिन्न संस्थाले विद्यालयलाई पाल दिएर थोरै विद्यार्थीहरुलाई देखाएर ठुलो चर्चाको विषय बनाइरहेको अवस्थामा विद्यालयले आफैले यस प्रकारको कार्य थाल्नु आफैमा सकारात्मक कुरा भएको ले सरोकारवाला निकायले जिम्वेवारी पुर्णरुपमा विद्यालयको वास्तविक समस्याको पहिचान गरि यस प्रकारको कार्यको थालनी गर्नुपर्ने विद्यालयका सल्लाहकार गोकर्ण रुपाखेती ले बताउनु भयो । कक्षामा भुकम्प बाट बच्ने उपाय, विद्यालय सुरक्षित रहेको विश्वास दिलाउने, खेल, मनोरञ्जन, विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रदर्शनी जस्ता कृयाकलाप गरिने विद्यालयका प्रअ. फुयलले जानकारी गराए । प्रत्येक कक्षामा २ जना शिक्षक तथा विद्यालयका ठुला कक्षाका विद्यार्थी र बाल क्लवका विद्यार्थीहरुलाई समेत स्वयंसेवकको रुपमा परिचालन गरिएको छ । भुकम्पका कारण विद्यालयको १० वटा कक्षा कोठा पुर्णरुपमा क्षति भएको छ । जिल्ला शिक्षा कार्यालयबाट खटिएका प्राविधिक टोलीले विद्यालयको मुख्य भवनहरुमा रातो असुरक्षित झण्डा राखिदिएको छ ।

साथमा फोटो फिचर